चिल्ली बेबी कर्न
बेबी कर्न स्क्वायर सेपमा काट्ने र त्यसमा कर्नफ्लोर र मैदा हालेर १० मिनेटसम्म मेरिनेट गर्ने । तेलमा डिप फ्राई गरेर त्यसमा तेलमा प्याज, भेँडेखुर्सानी–अदुवा लसुन फ्राई गर्ने ।
सामग्री : इच्छाअनुसार चिकेन, बफ, पोर्क वा भेज म:म: १० पिस, पिज्जा सस (३ वटा गोलभेंडा, २ पोटी लसुन तथा स्वादअनुसार खुर्सानीलाई सानो आँचमा लामो समय पकाई तयार पारिएको), चिल्ली सस १० ग्राम ।
विधि : पिज्जा तथा चिल्ली सससँग स–साना टुक्रामा काटिएका भेजिटेबल हालेर सुप तयार पार्ने । उक्त सुपमा म:म: हाली पकाउने । यसबाट तातो–मीठो स्पाइसी सुप म:म: तयार हुन्छ ।