मौलिक स्वाद
तपाईं किराँती समुदायको घर पुग्नुभयो भने त्यहाँ ‘वाचिपा’ को नयाँ स्वाद पाउनुहुन्छ । उच्च हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायमा आगन्तुक बनेर जानुभयो भने ‘थेन्दुक’ को स्वाद चाख्न पाउनुहुन्छ ।
सामग्री
भिजाइएको मुंगको दाल डेढ कप, दूध १ कप, चिनी आधा कप, खुवा एक चौथाइ कप, घिउ आधा कप, मिक्स ड्राइनट (काजु, किसमिस, नरिवल आदि) १ सय ग्राम, चेरी (सजाउन) २० ग्राम ।
विधि
पहिले भिजाइएको मुंगलाई अलिअलि खस्रो हुने गरी पिस्ने । एउटा कराही वा कुनै गहिरो भाँडामा घिउ तताउने । त्यसमा पिसेको मुंगको दाल हाली चलाउँदै सानो आगोमा पकाउने अनि दूध तथा चिनी हाली फेरि केहीबेर पकाउने । त्यसमा खुवा एवं मिक्स ड्राइ नट हाली एकछिन पकाएर निकाल्ने । चेरीले सजाएर सर्भ गर्ने ।