चुस्ता
खसीको आमाशयको भाग (सातपत्रे) बाट बनेको परिकार नै चुस्ता हो । यसलाई उल्टाएर बाहिरको भाग भित्र पारिन्छ । त्यसपछि उसिनेर फ्राइ गरिन्छ ।
सामग्री
१ किलो दूधको छेना, २ सय ५० ग्राम खुवा, १ पाउ मैदा, अलिकति बेकन पाउडर, ३ किलो घिउ ।
विधि
दूधको छेना, मैदा, खुवा, बेकन पाउडर सबैलाई एउटै भाँडोमा राखेर मुछ्ने । केही समय मलमलको कपडाले छोपेर राख्ने । एक घन्टापछि त्यसलाई गोलो बनाई घिउमा फ्राइ गर्ने । खैरो भएपछि पातलो चिनीको झोलमा डुबाउने । नरम भएपछि अलि बाक्लो चिनीको झोलमा डुबाउने । खैरो भएपछि लालमोहन खानका लागि तयार हुन्छ ।