‘द गोल्डेन थाली’ मा नेपाली ठेट स्वाद
गोल्डेन थालीमा मासुसहित १५ परिकार समावेश गरिएको छ । दालमा मास, मुसुरो, बोडी, सिमी र मिक्स दालजस्ता विकल्प पनि छन् । भातका लागि मार्सी, ताइचिन, बासमती र जिरा मसिनो प्रयोग गरिन्छ ।
सामग्री
दूध १० लिटर, छेना ५ सय ग्राम, चास्नी ५ लिटर, सुकमेल पाउडर ५० ग्राम, पिस्ता ५० ग्राम, अलैंची दाना ५० ग्राम तथा चिनी ४ सय ग्राम ।
विधि
एउटा भाँडामा दूधमा चिनी, सुकमेल पाउडर तथा अलैंचीका दाना मिश्रण गरी बाक्लो हुने गरी पकाउने । यसलाई मलाई दूध भनिन्छ । छेनालाई चेप्टो आकार दिई चास्नीमा पकाउने । तयार भएको रसमलाईको पिस तातो दूधमा भिजाउने । केही समयपछि माथिबाट आवश्यकतानुसार पिस्ता कटिङ गरी सजाउने ।