Successfully Copied

दूधवरी

छेनालाई चेप्टो आकार दिई चास्नीमा पकाउने ।

सामग्री 

दूध १० लिटर, छेना ५ सय ग्राम, चास्नी ५ लिटर, सुकमेल पाउडर ५० ग्राम, पिस्ता ५० ग्राम, अलैंची दाना ५० ग्राम तथा चिनी ४ सय ग्राम ।

विधि 

एउटा भाँडामा दूधमा चिनी, सुकमेल पाउडर तथा अलैंचीका दाना मिश्रण गरी बाक्लो हुने गरी पकाउने । यसलाई मलाई दूध भनिन्छ । छेनालाई चेप्टो आकार दिई चास्नीमा पकाउने । तयार भएको रसमलाईको पिस तातो दूधमा भिजाउने । केही समयपछि माथिबाट आवश्यकतानुसार पिस्ता कटिङ गरी सजाउने ।

 Image