स्टफ्ड चिकेन
विधि : च्याउ, पालुंगो, भेंडेखुर्सानी, चीजलाई सोथे गरेर चिकेन ब्रेस्टभित्र हाल्ने र तावामा ग्रिल्ड गर्ने । काउली, ब्रोकाउली, गाजर, सिमी र च्याउलाई बटरमा सोथे गर्ने ।
सामग्री
काजु आधा केजी, पिस्ता १ सय ग्राम, अन्जिर १ केजी, किसमिस २ सय ग्राम, अलैंची पाउडर १० ग्राम, केसर अलिकति, सुकमेल पाउडर ५ ग्राम ।
विधि
सबै ड्राइफ्रुट्स कटिङ गरेर घिउमा तार्ने । अन्जिरलाई गल्ने गरी पकाएर लेदो पार्ने । आवश्यकतानुसार सुकमेल पाउडर, अलैंची पाउडर तथा केसर हाल्ने । सबै सामग्रीलाई एउटै भाँडामा राखेर मिक्स गर्ने । लड्डुको आकार दिँदै डल्लो पार्ने र माथिबाट पेस्ताले टप गर्ने ।