स्टफ्ड चिकेन
विधि : च्याउ, पालुंगो, भेंडेखुर्सानी, चीजलाई सोथे गरेर चिकेन ब्रेस्टभित्र हाल्ने र तावामा ग्रिल्ड गर्ने । काउली, ब्रोकाउली, गाजर, सिमी र च्याउलाई बटरमा सोथे गर्ने ।
सामग्री :
अण्डा २ वटा, कर्नफ्लोर ६० ग्राम, नुन स्वादअनुसार, नुडल्स २० ग्राम, गाजर, क्याप्सिकन, प्याज ३० ग्राम ।
विधि :
अण्डा र कर्नफ्लोरलाई नुन हालेर घोल्ने । राम्रोसँग मिसिएपछि पातलो तावामा अण्डा र कर्नफ्लोर मिक्स पातलो गरिहाल्ने । यसरी स्प्रिङ रोलको लेयर तयार भएपछि उसिनेको नुडल्स तथा भेजिटेबललाई मसिनो गरी काटेर तयार लेयरमा हाली रोल गर्ने । यो रोललाई तातो तेलमा डिपफ्राइ गर्नुपर्छ ।
(नायिका तथा मोडल सुप्रिया कटुवालको रेसिपि)