दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
पोर्क ममको कुरा गर्ने बित्तिकै कतिको मुखमा पानी नै आउँछ । किनकी नेपालमा मम पारखीको संख्या अन्यन्तै धेरै छ । दिउँसो खाजाका रुपमा अति नै खपत हुने आइटम हो मम । पोर्क मम आफै घरमा पनि तयार गरेर खान सकिन्छ ।
सामग्री :
पोर्क किमा : आधा केजी
प्याज (पेस्ट) : आधा केजी
अदुवाको पेस्ट : ५० ग्राम
नुन : स्वादअनुसार
मैदा : एक केजी
विधि :
किमामा सबै मसला हालेर मोल्ने । एउटा अर्काे भाँडामा मैदा मुछेर आवश्यक आकार दिई किमा भित्र राखेर स्टिम गर्ने । ममलाई आफ्नो स्वादअनुसार टमाटर वा पुदिनाको अचारसँग सर्भ गर्न सकिन्छ ।