टाउको फ्राइ
विधि : सुरुमा टाउकोलाई चार भागमा काटेर प्रेसर कुकरमा दुई सिठी लगाउने । त्यसपछि निकालेर हड्डी र मासु छुट्याउने ।

सामग्री :
खसीको मासु : १ केजी ।
प्याज : २ वटा ।
धनियाँको धूलो : २ चम्चा ।
जिराको धूलो : २ चम्चा ।
अम्चुर : १ चम्चा ।
धूलो खुर्सानी र नून : स्वादअनुसार ।
अदुवा र लसुनको पेस्ट : ४ चम्चा ।
विधि :
खसीको मासुलाई स–साना टुक्रामा काट्ने । कराहीमा तेल तताई प्याज हाल्ने र खैरो भएपछि मासु हाल्ने । त्यसमा नुन हालेर सानो आँचमा भुट्ने । अदुवा र लसुनको पेस्ट भुटिसकेपछि धनियाँ, जिरा, खुर्सानी तथा अम्चुर हालेर राम्रोसँग भुट्ने । पाकेपछि खानुअघि यसलाई चिसो हुन दिनुपर्छ । खसीको मासुको यो अचार दर खाँदा स्न्याक्सका रूपमा खान सकिन्छ ।