Successfully Copied

‘थकाली खाना हाम्रो संस्कृति बनिसक्यो’

उषा शेरचनले ४३ बर्ष अघि शुरु गरेको थकाली खानाको विरासत धान्दै उनकी बुहारी निर्मला ओलीले विगत ३ बर्षयता त्यही टिपिकल स्वाद काठमाण्डौंमा पनि पस्किइरहेकी छिन ।


निर्मला ओली ( सञ्चालक, मोनालिसा थकाली एण्ड क्याफे टंगाल)
सबैतिर अहिले थकाली खाना निक्कै लोकप्रिय छ । स्वदेशमा मात्रै नभइ विदेशमा पनि नेपालको मौलिक थकाली खानाले व्यापक चर्चा बटुसिसकेको छ । विदेशीहरु पनि यो स्वस्थ, स्वादिष्ठ र पोषणले भरिपुर्ण खानाका पारखी बनेका छन् । मुस्ताङ टुकुचे गाउँकी उषा शेरचनले ४३ बर्ष अघि शुरु गरेको थकाली खानाको विरासत धान्दै उनकी बुहारी निर्मला ओलीले विगत ३ बर्षयता त्यही टिपिकल स्वाद काठमाण्डौंमा पनि पस्किइरहेकी छिन । युवा उद्यमी निर्मलासँग नारीका लागी गरिएको संवादको संपादित अंश
थकाली खाना देश देखि विदेशसम्म यतिविधि लोकप्रिय हुनुको कारण के होला ?
थकाली खाना स्वादका हिसाबले अतुलनीय, स्वास्थ्यका हिसाबले निक्कै हाइजिन र सबैखाले पोषणले भरिपुर्ण छ । थकाली खानालाई कृत्रिम रंग प्रयोग नगरी, सागको हरियो, तरकारीको पहेंलो, भातको सेता लगायतका प्राकृतिक रंगहरुले सजाइन्छ । देख्दै खाउँ–खाउँ लाग्ने थकाली खानामा दालभात मात्रै नभएर अन्य पोषिला बिविध परिकार छन । स्वस्थ्यवद्र्धक र स्वादिष्ठ दुवै भएका कारण यो यत्ति धेरै रुचाइएको हो भन्ने लाग्छ ।
वास्तवमा थकाली खाना हो चाँहि के ?
नेपालमै पहिलो थकाली खाना पस्किनुभएकी मेरी सासु अहिले पनि भन्नुहुन्छ, ‘पहिला भात फरर्र पारेर पस्किन्थ्यौं, अहिले बटुकामा हालेर सेप निकाली सर्भ गर्ने चलन आयो । गुन्द्रुक, पापड, करेला, सलाद थकाली खानामा राखिँदैनथ्यो, अहिले राख्ने गरेको देखिन्छ । मौलिक थकाली खानामा मासुको पातलो झोलसँग भात पस्किइन्थ्यो । अहिले मासुको ग्रेभी बनाइन्छ । कन्चम्पा, लेपकु, तुङ, कातुङ, टिम्मुर आलुको तरकारी, सुकुटी आलु प्ला, मुस्ताङ आलु, रायोसाग ठेट थकाली खाना हुन् ।’  

काठमाडौंको मोनालिसाको विशेषता के हो ?
मौलिक थकाली स्वादयुक्त खाना नै हाम्रो मुल विशेषता हो । हामी आलु, फापरको पिठो, कालो सिमीको दाल लगायतका सामग्री मुस्ताङबाटै ल्याउ“छौं । मुस्ताङको आलु हामी शुद्ध घिउमै पकाउ“छौं । त्यसबाहेक कन्टिनेन्टल, चाइनिज परिकार पनि एकैछानामुनी उपलब्ध गराउन सफल भएका छौं । ग्राहकको स्वाद र स्वास्थ्यमा बढी चिन्तित छौं । गुणस्तरको तुलनामा हाम्रा परिकार सुलभ मूल्यमा उपलब्ध छन् ।
तपाई जस्तो युवा उद्यमी, आफ्नो मौलिकपनको व्यावसायमा केही नयाँ फ्युजन गरौं जस्तो लाग्दैन ?
थकाली खाना हाम्रो संस्कृति बनिसक्यो । विश्वव्यापीरुपमा नेपाल चिनाउन यसले ठुलो भुमिका खेलेको छ जस्तो लाग्छ । हाम्रा संस्कृति हाम्रो पुँजी र चिनारी हुन् । कतिपय यस्ता कुरालाई परिवर्तन नगरेकै राम्रो हुन्छ भन्ने मेरो धारणा छ । अर्कोकुरा नयाँपनकै लागि थकाली भान्सामा अन्य परिकार पनि पस्किन थालेका हौं । पोखराको मोनासिलसामा विशुद्ध थकाली खाना मात्रै पाइन्छ भने काठमाडौंको शाखामा त्यसबाहेक अरु भेराइटी पनि एकै छनामुनि उपलब्ध छन् ।
युवा उद्यमीका चुनौती के कस्ता छन ?
नेपालमा काम गर्न भनेजस्तो सहज छैन । सरकारले स्वदेशमै केही गर्न चाहाने महिला युवा उद्यमीलाई सहुलिय र सुविधा दिनुपर्छ । किनभने हामीले धेरैलाई रोजगार दिने मात्रै नभइ, यही उत्पादन भएका सामाग्रीको बजरीकरण गर्नमा पनि सहयोग गरिरहेका छौं । हामीले उत्पादन खरिद गरिदएपछि किसानहरुलाइ पनि सजिलो हुने भयो । 

 Image