धेरैको रोजाइमा ‘बेन्टो प्याक’
अत्यधिक ‘बेन्टो प्याक’ का परिकार चिसै खान मिल्ने पनि हुन्छन् ।पूर्वी र दक्षिणपूर्व एसियाली पाक शैलीहरूमा यो सामान्य छ । विशेषगरी जापान, चिनियाँ, कोरियाली, सिंगापुर, ताइवानी व्यञ्जनहरू पछिल्लो समय विश्वभर लोकप्रिय छन् ।
आवश्यक सामग्री
च्याउ २ वटा, गाजर या फुलकोभी, भेडे खुर्सानी, प्याज, अदुवा तथा लसुन स्वाद अनुसार, चिनी स्वाद अनुसार, अजिनोमोटो, हट एण्ड स्वीट सस ठूलो चम्चा ।
तयार पार्ने विधि
प्यानमा मख्खन तताउनु पर्छ । यसमा काटिएको प्याज , अदुवा , लसुन हालेर २ मिनेट पकाउनु पर्छ । त्यसमा च्याउ, काटिएको तरकारी, नुन, चिनी, खोर्सानी, सस, अजिनोमोटो, कर्नफ्लोर तथा भेजिटेवल स्टक हालेर राम्ररी मिलाउने । पाकेपछि तातो–तातो सुप सर्भ गर्ने ।