हनी गार्लिक चिकेन
यो ‘चाइनिज ओरिएन्टल’ स्वादको प्रसिद्ध खाना हो । यो परिकारका लागि पनि हड्डी नभएको कुखुराको मासु चाहिन्छ । त्यसमा ‘कर्नफ्लोर’, मैदा, नुन, सेतो मरिचको धूलो मोल्ने र करिब ४५ मिनेट ४/५ डिग्रीमा छोपेर राख्नुपर्छ ।
आवश्यक सामग्री
च्याउ २ वटा, गाजर या फुलकोभी, भेडे खुर्सानी, प्याज, अदुवा तथा लसुन स्वाद अनुसार, चिनी स्वाद अनुसार, अजिनोमोटो, हट एण्ड स्वीट सस ठूलो चम्चा ।
तयार पार्ने विधि
प्यानमा मख्खन तताउनु पर्छ । यसमा काटिएको प्याज , अदुवा , लसुन हालेर २ मिनेट पकाउनु पर्छ । त्यसमा च्याउ, काटिएको तरकारी, नुन, चिनी, खोर्सानी, सस, अजिनोमोटो, कर्नफ्लोर तथा भेजिटेवल स्टक हालेर राम्ररी मिलाउने । पाकेपछि तातो–तातो सुप सर्भ गर्ने ।