सामग्री
पालुंगोको साग : १ मुठा
दूध : २ सय ५० मिलिलिटर
लसुन : २५ ग्राम
बटर : २० ग्राम
मसरुम : ५० ग्राम
नुन : स्वादअनुसार
सेतो मरिच : २ ग्राम
फ्रेस क्रिम : २० मिलिलिटर
विधि
पालुंगोको सागलाई राम्रोसँग पखालेर मिक्सरमा पिस्ने । एउटा प्यानमा बटर तताउने र लसुनलाई मसिनो गरी काटेर बटरमा फुराउने । लसुन खैरो भएपछि पहिले पालक पेस्ट अनि त्यसपछि नुन, मरिच तथा मसरुम हाल्ने । ७ मिनेटजति पकाएपछि त्यसमा क्रिम टप गर्ने ।