सदाबहार स्न्याक्स
मखाना तिहारको भाइमसलामा मिसाइन्छ । यो मात्र खाँदा त्यति स्वादिलो नहुन सक्छ । पिनट बटर मखाना अत्यन्त स्वादिलो हुन्छ र बनाउन पनि धेरै समय लाग्दैन ।
सामग्री
बन्दा : २० ग्राम
गाजर : ५ ग्राम
प्याज : ५ ग्राम
मैदा : ५० ग्राम
कर्नफ्लोर : १० ग्राम
सोया सस : ५ मिलिलिटर
आलु उसिनेको : १० ग्राम
धनियाँ : १ मुठा
सिमी : १० ग्राम
नुन : स्वादअनुसार
सेतो मरिच : ३ ग्राम
अजिनोमोटो : ३ ग्राम
पालुंगोको साग : १ मुठा
कागती : आधा पिस
विधि
बन्दा, सिमी, गाजर, प्याज तथा धनियाँलाई मसिनो गरी चप गर्ने र त्यसमा उसिनेको आलु मिचेर मोल्ने । त्यसमा नुन, सेतो मरिच, अजिनोमोटो तथा सोया सस मिक्स गरी भेज किमा बनाउने । अर्काे भाँडामा मैदालाई म:मको पिठोजस्तै मोलेर रोटी बनाउने र त्यसमा भेजिटेबल किमा भरेर तीनचुच्चे आकारमा ढाल्ने । एउटा भाँडामा पानी उमाल्ने । त्यसमा वानटन पिस हालेर ६–७ मिनेटजति पकाउने अनि नुन, मरिच, अजिनोमोटो तथा सोया सस पनि हाल्ने । त्यसैमा पालुंगोको साग पनि हाल्ने । केहीबेर पकाएपछि कर्नफ्लोरको घोल बनाएर हल्का बाक्लो हुन्जेल पकाउने ।
तस्बिर: नवराज वाग्ले