Successfully Copied

पालक मटनकरी

पहिले मासुलाई पखाल्ने, त्यसमा लसुन, अदुवा, खुर्सानी पिसेको, फिटेको दहीका साथ सबै मसलाहरू हालेर मोल्ने र १०–१५ मिनेट साइडमा राख्ने ।

पालक मटनकरी 

५ सय ग्राम खसीको मासु टुक्रा पारेको 

५० एमएल तेल 

२ सय ग्राम प्याज मसिनो गरी काटेको 

१ सय ५० ग्राम गोलभेंडा मसिनो गरी काटेको 

२० ग्राम लसुन–अदुवा पिसेको 

आधा कप दही फिटेको 

२० ग्राम ल्वाङ, सुकमेल, दालचिनी, तेजपात, अलैंची, 

आधा चिया चम्चा जिरा पाउडर 

आधा चिया चम्चा मिट मसला 

आधा चिया चम्चा खुर्सानीको धूलो 

१० ग्राम हरियो खुर्सानी पिसेको 

२ सय ग्राम पालक र २ मुठा पालुङ्गोको साग उसिनेको 

आधा सानो चम्चा धनियाँ पाउडर (धूलो) 

नुन स्वादअनुसार 

विधि 

पहिले मासुलाई पखाल्ने, त्यसमा लसुन, अदुवा, खुर्सानी पिसेको, फिटेको दहीका साथ सबै मसलाहरू हालेर मोल्ने र १०–१५ मिनेट साइडमा राख्ने । त्यसपछि एउटा भाँडामा तेल तताउने र ल्वाङ, तेजपात, सुकमेल आदि हाली एकछिन भुट्ने  । त्यसमा प्याज हालेर नगलुन्जेल भुट्ने । आवश्यक परेमा अलिअलि सबै मसला हाल्ने र मोलेर राखेको मासु खन्याएर केहीबेर भुट्ने  । त्यसपछि गोलभेंडा हाली फेरि एकछिन भुट्ने । फेरि त्यसमा १–२ कप पानी हाली मासु नपाकुन्जेल पकाउने । मासु पाकेपछि उसिनेको पालक पिस्ने र मासुमा हाली चलाउने, एकछिन उम्लन दिएपछि पालक मटनकरी तयार हुन्छ । 

नोट : पालकलाई नपिसी मसिनो गरी काटेर पनि हाल्न सकिन्छ ।

 Image