टाउको फ्राइ
विधि : सुरुमा टाउकोलाई चार भागमा काटेर प्रेसर कुकरमा दुई सिठी लगाउने । त्यसपछि निकालेर हड्डी र मासु छुट्याउने ।

खसी र सागको लेदो
सामग्री
मटन आधा केजी, प्याज १ सय ५० ग्राम, अदुवा र लसुनको पेस्ट ५० ग्राम, गोलभेंडा १ सय ग्राम, खुर्सानीको धूलो १० ग्राम, बेसार ५ ग्राम, जिराको धूलो ५ ग्राम, धनियाँ पाउडर ५ ग्राम, गरम मसला ८ ग्राम, नुन स्वादअनुसार, तेजपत्ता ३ वटा, पालुंगोको साग १ सय ५० ग्राम, तेल ६० मिलिलिटर ।
विधि
प्यानमा तेल तताएर तेजपत्ता र मेथी पड्काउने । मेथी कालो भएपछि प्याजलाई खैरो हुन्जेल भुट्ने । मटन हालेर केही समय पकाउने । त्यसपछि पानी हालेर अदुवा र लसुनको पेस्टलगायत सबै मसला मिसाएर कम्तीमा ३० मिनेटसम्म पकाउने । त्यसपछि गोलभेंडा मिसाएर केही समय पकाउने । पालुंगोको सागलाई मिक्सरमा लेदो बनाएपछि पाकेको मासुमा हालिदिने । यो तातो भात, पुलाउ वा रोटीसँग पनि खान सकिन्छ । दसैंमा एकैथरी मासुको आइटम खाइरहेकाहरूका लागि यो सजिलो र फरक परिकार हुन सक्छ ।