Successfully Copied

काउलीको परौठा

चाहिने सामग्री ३ सय ग्राम काउली, ३ सय ५० ग्राम गहुँको पीठो, २ देखि ३ वटा खुर्सानी, हरियो धनियाँ आवश्यक मात्रामा, पिसेको अदुवा लसुन चाहिने मात्रामा, जिरा आवश्यक मात्रामा, १ चम्चा जिराको धूलो, १ चम्चा रातो खुर्सानीको धूलो, गरम मसला आवश्यक मात्रामा, नुन

चाहिने सामग्री ३ सय ग्राम काउली, ३ सय ५० ग्राम गहुँको पीठो, २ देखि ३ वटा खुर्सानी, हरियो धनियाँ आवश्यक मात्रामा, पिसेको अदुवा लसुन चाहिने मात्रामा, जिरा आवश्यक मात्रामा, १ चम्चा जिराको धूलो, १ चम्चा रातो खुर्सानीको धूलो, गरम मसला आवश्यक मात्रामा, नुन स्वादअनुसार, परौठा सेक्नका लागि तेल अथवा घिउ । 

 बनाउने विधि 

गहुँको पीठोलाई छानेर आरीमा केही तेल तथा पानी हालेर मुछ्नुपर्छ । मुछेपछि २० देखि २५ मिनेट त्यसै राख्नुपर्छ । काउलीलाई काटेर धोइपखाली गरी यसलाई मसिनो गरी काट्नुपर्छ । कराईमा १ चम्चा तेल हालेर तताउनुपर्छ । त्यसपछि त्यसमा जिरा पड्काउनुपर्छ । त्यसपछि हरियो खुर्सानी, अदुवा, धनियाँ, पाउडर हालेर केही बेर पकाउनुपर्छ । त्यसमा काउली, रातो खुर्सानीको धूलो, गरम मसला, नुन, हरियो धनियाँ हालेर २ मिनेट लगातार चलाउनुपर्छ । त्यसपछि यसलाइ अलग्ग राख्नुपर्छ। 

अब नन स्टिक प्यान ग्याँसमा चढाएर तातो बनाउनुपर्छ । पीठोको गोली बनाएर रोटी बनाएर त्यसमा काउली राखी रोटी बनाएपछि त्यसलाई मध्यम आँचमा पकाउनुपर्छ । दुवै भाग रातो भएपछि आवश्यकताअनुसार अचार तथा तरकारीसँग खान सकिन्छ । 

 Image