हनी गार्लिक चिकेन
यो ‘चाइनिज ओरिएन्टल’ स्वादको प्रसिद्ध खाना हो । यो परिकारका लागि पनि हड्डी नभएको कुखुराको मासु चाहिन्छ । त्यसमा ‘कर्नफ्लोर’, मैदा, नुन, सेतो मरिचको धूलो मोल्ने र करिब ४५ मिनेट ४/५ डिग्रीमा छोपेर राख्नुपर्छ ।
माछा पोलेको
सामग्री
माछा : १ केजी
सोया सस : १५ मिलिलिटर
अदुवा र लसुनको पेस्ट : ३ चम्चा
कागतीको रस : १ चम्चा
नुन : स्वादअनुसार
तोरीको तेल : ४ मिलिलिटर
जिराको धूलो : १ चम्चा
बिरेनुन : आधा चम्चा ।
विधि
सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल मोलेर बार्बीक्यु स्टाइलमा पोल्ने । माछालाई साल, केराको पात अथवा र्यापिङ पेपरमा र्याप गरेर पोल्नुपर्छ । माछा पाकेपछि टिम्मुर, बिरेनुन, जिरा, खुर्सानीको धूलो तथा नुनको मिक्समा चोबेर खान सकिन्छ ।
तस्बिर: नवराज वाग्ले