गर्मी मौसमका उपयोगी खानपान
आयुर्वेद, चिनियाँ चिकित्सा प्रणाली र जापानी परम्परागत खानपान प्रणालीहरूमा पनि मौसमी खानाको विशेष महत्व रहेको छ ।
सामग्री
ताइचिनको चामल : एक किलो
चिनी : एक पाउ
तिल : एक पाउ
घिउ : २ किलो
विधि
रातभरि चामल भिजाएर भोलिपल्ट पिस्ने । चिनीलाई बाक्लो हुने गरी पकाउने । चिनी बाक्लो भएपछि त्यसमा पिठो मिसाएर घोट्ने । तयारी पिठो र चिनीको मिश्रणलाई २४ घन्टा त्यत्तिकै राख्ने । भोलिपल्ट पुन: नरम हुने गरी मुछ्ने । सानो गोलो बनाई त्यसमा तिल हालेर हातैले रोटीको आकार दिने । कराहीमा घिउ तताएपछि रोटी हालेर खैरो नहुन्जेल पकाउने ।