Successfully Copied

रोस्ट डक

रोस्ट डक बनाउने तरिका

एलिस रेस्टुरेन्ट, गैरीधारा

सेफ विष्णु थिङ

सामग्री

सिंगो हाँस : एउटा

लाइट सोया सस :  ५० मिलिलिटर

डार्क सोया सस : ५० मिलिलिटर

नुन : २ चम्चा

पेपर : १ चम्चा

अदुवा–लसुनको पेस्ट : २–२ चम्चा

अण्डा : एउटा 

कर्नफ्लोर : २ चम्चा

विधि 

एएटा सिंगो हाँस सफा गर्ने । दुई लिटर पानी हालेर डेप्चीमा सोया सस, नुन, पेपर, अदुवा र लसुनको पेस्ट हाली डेढ घन्टासम्म पकाउने । पाकेपछि मासुजति निकालेर हड्डी फाल्ने । सय ग्रामको दरले भाग बनाई अण्डा र कर्नफ्लोरले ब्याटर गरेर तेलमा लाइट फ्राई गर्ने । बिन्स स्प्रोअपलाई मुनि राखेर डिप फ्राई गरेको मासु राख्ने र माथिबाट ब्ल्याक विन ससले टप गर्ने । 

 Image