ग्रिल्ड चिकेन
विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने ।

प्याजको अचार
चहिने सामग्री आधा किलो साना आकारको प्याज, २ कप विनेगर, १ टुक्रा दालचिनी, ४ ल्वाङ्ग, १६ वटा मरिच, हरियो खुर्सानी चाहिने मात्रामा, एक तिहाइ कप नुन ।
विधि
प्याजलाई छिलेर त्यसमा नुन लगाएर दिउँसभरि राख्ने, प्याजको पानी निकालेर सुख्खा बनाउने, विनेगरमा सबै मसला मिलाएर प्याजलाई उमाल्ने, चिसो भएपछि शिशिमा राख्ने, ४ दिनसम्म राखेर यसलाई प्रयोग गर्ने ।
गाजर तथा खुर्सानीको अचार
चाहिने सामग्री आधाकिलो गाजर, ५ वटा हरियो खुर्सानी, १ वटा कागतीको रस, नुन स्वादअनुसार, १ चम्चा धुलो खुर्सानी, आधा चम्चा बेसार, तोरी आवश्यक मात्रामा, मेथीदाना, एक चौथाइ तेल बनाउने ।
विधि
गाजर तथा हरियो खुर्सानीमा नुन मिलाउने । त्यसमा धुलो खुर्सानी, बेसार तथा कागतीको रस मिसाएर अलग राख्ने । मेथी र तोरीलाई पिसेर त्यसको धुलो पनि मिसाउने । एक दिन यसै राखेर अलग राख्ने । यसमा तेल मिलाउने । सबै मिश्रण तयार भएपछि अचार तयार हुन्छ ।