Successfully Copied

चाहिने सामग्री

ड्ड    २ सय ग्राम नुडल्स, आधा कप भेडे खुर्सानी, आधा कप हरियो प्याज, आधा चम्चा लसुनको पेस्ट, आधा चम्चा चिली सस, अजिनो मोटो स्वादअनुसार, तेल आवश्यक मात्रामा, नुन स्वादअनुसार

बनाउने विधि

कराईमा पानी, थोरै तेल तथा नुन हालेर नुडल्सलाई केही समय उमाल्ने । उम्लेपछि छान्नेमा राखेर पखाल्ने । यसमा तेल राखेर केही समय राख्ने । कराईमा तेल हालेर यसमा लसुन हालेर पकाउने । यसमा भेडे खुर्सानी हालेर केही समय पकाउने । फेरि यसमा उम्लेको नुडल्स, खुर्सानी, लसुन राखेर केही समय पकाउने । सबै सामग्री हालेर तेज आँचमा ३ मिनेट पकाउने । अन्त्यमा खुर्सानी र हरियो प्याज हालेर तातो तातो सर्व गर्ने ।

 Image