‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।

आवश्यक सामग्री
७ सय ५० ग्राम खसीको मासु, २ सय ५० ग्राम टमाटर, २ कप दही, दुई कप कुखुराको मासुको झोल, एक चम्चा रातो खुर्सानीको धूलो, १ सय ग्राम भेडे खुर्सानी, प्याज आवश्यकताअनुसार, नुन तथा खुर्सानी आवश्यकताअनुसार , ५० ग्राम मख्खन तथा १ चम्चा तेल ।
बनाउने विधी
प्यानमा मख्खन हालेर प्याज तथा खसीको मासुको टुक्रालाई केहीबेर फ्राइ गर्ने । प्याज खैरो भएपछि त्यसमा रातो खुर्सानी तथा कुखुराको मासुको झोल हालेर कम आँचमा २५ मिनेटजति पकाउने । टमाटरलाई प्युरी बनाउने । दहीलाइ डेक्चीमा राम्ररी फिट्ने । अर्को प्यानमा तेल तातो बनाएर त्यसमा भेडे खुर्सानीको टुक्रा हालेर १० मिनेटजति पकाउने र त्यसमा पिसेको टमाटर मिलाउने । यसलाई लगातार चलाउने । ५ मिनेटपछि उक्त मिश्रण मासुमा मिलाउने । त्यसमा फिटेको दही पनि हाल्ने र केहीबेर सानो आँचमा पकाउने ।