Successfully Copied

काटुन (रगतको ससेज)

एलिश रेस्टुरेन्टमा पाइने थकालीहरूकाे स्पेशल परिकार काटुन

सेफ विष्णु थिङ

काटुन (रगतको ससेज)

सामग्री 

३ सय ग्राम : खसीको रगत  

खसीको बोसे आन्द्रा : एउटा  

कागतीको रस : १ चम्चा 

पिसेको टिम्मुर : ४–५ गेडा 

खुर्सानीको धूलो र नुन : स्वादअनुसार

विधि 

खसीको ताजा रगतमा कागतीको रस हालेर मुछ्ने । रगतलाई जम्न दिनु हुँदैन । त्यसमा नुन, टिम्मुर र खुर्सानीको धूलो मिक्स गर्ने । प्वाल नपरेको आन्द्राको एक भागमा धागोले बाँधेर अर्काे भागबाट सोलीको सहायताले रगत भर्ने । आन्द्रामा कस्सिने गरी रगत भरिसकेपछि खुल्ला भागमा पनि धागोले बाँध्ने । त्यसपछि उम्लिएको पानीमा १० मिनेटजति राख्ने । मज्जाले पाकेपछि आफूलाई मन लागेको आकारमा  काटेर तात्तातो खाने । यसलाई फ्रिजमा राखेर आवश्यक परेको बेला फ्राई गरेर पनि खान सकिन्छ । 

 Image