Successfully Copied

सेफ दीपकप्रसाद भण्डारी

चिकेन पेपर कबाब सिजलैसंग बनाउन सकिने तरिका

सेफ दीपकप्रसाद भण्डारी 

सिद्धार्थ कटेज रेस्टुरेन्ट, धोविघाट

 

चिकेन पेपर कबाब

सामग्री

ताजा चिकेन २ सय ग्राम, काजु ५० ग्राम, अमुल चीज ५० ग्राम, दूध १ सय मिलिलिटर, हरियो खुर्सानी एउटा, मरिचको धूलो २० ग्राम, अण्डा २ वटा, ताजा क्रिम २० मिलिलिटर, बटर २० मिलिलिटर, अदुवा र लसुनको पेस्ट १० ग्राम तथा नुन स्वादअनुसार ।

विधि

कुखुराको मासुलाई अदुवा र लसुनको पेस्टमा मोल्ने । काजु, चीज एवं क्रिम मिसाएर पिस्ने र मासुसँग मोल्ने । त्यसपछि ओवन वा तन्दुरमा ५ मिनेट रोस्ट गर्ने । त्यसमा चीज, अण्डा र मरिचको धूलोलाई माथिपट्टि लगाई पुन: २ मिनेट रोस्ट गरेपछि स्वादिष्ट चिकेन पेपर कबाब खानका लागि तयार हुन्छ ।

तस्बिर : नवराज वाग्ले

 Image