पराले मसरुम
अावश्यक सामग्री ः
मसरुम १ सय ५० ग्राम
भेडेखुर्सानी १५ ग्राम
गोलभेडा १५ ग्राम
प्याज १५ ग्राम
हटसस १० मिलि
टोमाटो प्यूरी २० मिलि
सल्ट पेपर स्वाद अनुशार
आइसिंग सुगर थोरै
अण्डा १ वटा
मैदा १ चम्चा
कर्न फ्लोर १ चम्चा
बनाउने बिधी :
अण्डा, मैदा, कर्न फ्लोर र सल्ट पेपर पानीमा मिक्स गरि ब्याटर गर्ने । ब्याटरमा मसरुम लाई राखेर डिप फ्राइ गर्ने । पछि प्यानमा भेडेखुर्सानी, प्याज, गार्लिक, पराले मसरुम राख्ने । त्यसमा हट सस र टोमाटो सस राख्ने । धनियाको चप राखेर फिनिसिंग गर्ने ।