स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
सामग्री : मैदा, अण्डा, इस्ट, चिनी, नुन, मनतातो पानी, बटर ।
विधि : मैदामा अण्डा, इस्ट, चिनी, नुन, बटर राखेर मनतातो पानीले सात मिनेटजति मुछ्ने । यसलाई २४ घण्टा चिल्लरमा राखेर पाँच सेन्टिग्रेन्डभन्दा कम तापक्रममा राख्ने । त्यसपछि यो तयार हुन्छ । पिज्जाको डोलाइ हातको सहायताले फैलाउने । त्यसपछि यसलाई डकर गर्ने । त्यसमाथि घरमा बनाएको पिज्जा सस टपिङ गर्ने । ८० ग्राम चीज, चिकेन, आफ्नो स्वादअनुसारको भेजिटेबल राखेर यसलाई टपिङ गर्न सकिन्छ । अब त्यसमाथि चीज राखेर छोप्ने । छ मिनेट पिज्जालाई बेक गर्ने । बाहिर निकालेर पिज्जाको बिटमा गार्लिक बटर लगाउने । यसले पिज्जालाई फ्लेवर र साइनिङ दिन्छ ।