दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
सामग्री : मैदा, अण्डा, इस्ट, चिनी, नुन, मनतातो पानी, बटर ।
विधि : मैदामा अण्डा, इस्ट, चिनी, नुन, बटर राखेर मनतातो पानीले सात मिनेटजति मुछ्ने । यसलाई २४ घण्टा चिल्लरमा राखेर पाँच सेन्टिग्रेन्डभन्दा कम तापक्रममा राख्ने । त्यसपछि यो तयार हुन्छ । पिज्जाको डोलाइ हातको सहायताले फैलाउने । त्यसपछि यसलाई डकर गर्ने । त्यसमाथि घरमा बनाएको पिज्जा सस टपिङ गर्ने । ८० ग्राम चीज, चिकेन, आफ्नो स्वादअनुसारको भेजिटेबल राखेर यसलाई टपिङ गर्न सकिन्छ । अब त्यसमाथि चीज राखेर छोप्ने । छ मिनेट पिज्जालाई बेक गर्ने । बाहिर निकालेर पिज्जाको बिटमा गार्लिक बटर लगाउने । यसले पिज्जालाई फ्लेवर र साइनिङ दिन्छ ।