क्रिस्पी कर्न
मकैलाई हल्का उसिनेर निकाली पानी तार्ने । त्यसपछि कर्नफ्लोर राखेर माथिबाट कागती निचोर्ने । कर्नफ्लोरको साटो बेसन, मकेको पिठो, मैदा पनि राख्न सकिन्छ ।
जीजी मचान रेष्टुरेन्ट, झम्सिखेल
ट्वाक्क मकै
आवश्यक सामग्री :
स्वीट कर्न १ सय ५० ग्राम, प्याज १ वटा, हरियो खुर्सानी २,३ वटा,अण्डा १ वटा, मैदा १ चम्चा, सल्टपेपर थोरै, आइसिंग सुगर स्वाद अनुशार, चाट मसला थोरै ।
बनाउने बिधी :
अण्डा, मैदा, सल्टपेपर, आइसिंग सुगर राखेर ब्याटर गर्ने स्वीट कर्नलाई ब्याटरमा हालेर डिप फ्राइ गरि निकाल्ने । चटपटे स्वादको बनाउन चिल्ली, चाट मसला, प्याज हालेर मिक्स गरि सर्भ गर्ने ।