Successfully Copied

सेलिब्रेटी रेसिपी

मिस नेपाल सुविन लिम्बुकाे तीज परिकार

ड्राई आलु

सामग्री  

आलु : आधा केजी

प्याज : एउटा

अदुवा–लसुन : मसिनो गरी काटेको २ चम्चा

तोरीको तेल : १ सय मिलिलिटर

कालो तिल : १ चम्चा

कालो जिरा : आधा चम्चा

खुर्सानीको धूलो : आधा चम्चा

नुन : स्वादअनुसार

बेसार : आधा चम्चा 

विधि 

आलु उसिन्ने र बोक्रा छोडाएर एउटै आकारमा काट्ने । प्यानमा तेल तताएर कालो जिरा तथा तिल पड्काउने । त्यसमा अदुवा, लसुन र प्याज हालेर खैरो हुन्जेल भुट्ने । खुर्सानीको धूलो, नुन तथा बेसारका साथमा काटेको आलु हालिदिने । मज्जाले पकाएपछि सर्भ गर्दा धनियाँ एवं गाजर हालेर सजाउने ।

फिलुङेको मिक्स अचार

सामग्री  

काँक्रो : एउटा

उसिनेको करेला : २ वटा

गाजर : एउटा

मुला : एउटा

डल्ले खुर्सानी : ४–५ वटा

भिजाइएको सानो केराउ : आधा कप

फिलुङे : १ सय ग्राम

नुन–खुर्सानी : स्वादअनुसार 

बेसार : आवश्यकताअनुसार

कागती : एउटा

तोरीको तेल : २ चम्चा 

विधि 

काँक्रो, गाजर, मुला, करेला सबैलाई एउटै साइजमा काटेर एउटै बाबलमा राखी नुन–खुर्सानी, भुटेर पिसेको फिलुङे तथा कागतीको रस आदि सामग्री हालेर मिक्स गर्ने । त्यसमा तोरीको तेल तताई मेथी फुराएर झान्ने । 

बेक चिकेन लेग्स

सामग्री 

चिकेन लेग्स : २ वटा

गरम मसला : २ चम्चा

अदुवा र लसुनको पेस्ट : २ चम्चा

नुन : स्वादअनुसार

तेल : १ चम्चा

बेसार : थोरै

विधि 

चिकेन लेग्सलाई अदुवा–लसुनको पेस्ट र गरम मसला, सोया सस, नुन–बेसार मिक्स गरिएको पेस्टले मोलेर १ घन्टा मेरिनेट गरेर राख्ने । त्यसपछि ओबनमा १ सय डिग्रीमा ३५ मिनेट पकाउने । तयार बेक चिकेन लेग्सलाई स्लाइस आकारमा काटेर वा त्यत्तिकै सर्भ गर्ने । 

 Image