चाडपर्वमा खानेकुरा
हरेक चाडपर्वमा खानेकुराको विशेष महत्व हुन्छ । दसैंमा धेरै प्रोटिन, चिल्लो पदार्थ र खनिज तत्व भएका खानेकुरा बढी रुचाइन्छ । यी तत्वहरू स्वास्थ्यका लागि पनि राम्रा मानिन्छन् । तर, बढी मात्रामा यी तत्वहरूको प्रयोग पनि स्वास्थ्यका लागि राम्रो होइन ।