Successfully Copied

बेक्ड सालमोन गोलभेंडा र धनियाँको अचार

सालमोन माछा १ सय ६० ग्राम (४ टुक्रा), ब्रेडकम ५० ग्राम, मसिनो गरी काटिएको धनियाँ १ ठूलो चम्चा, जिराको धूलो १ सानो चम्चा, बेसारको धूलो

- बालकृष्ण श्रेष्ठ, सेफ

सामग्री ः सालमोन माछा १ सय ६० ग्राम (४  टुक्रा),  ब्रेडकम ५०  ग्राम, मसिनो गरी काटिएको धनियाँ १ ठूलो चम्चा, जिराको धूलो १ सानो चम्चा, बेसारको धूलो आधा सानो चम्चा, नुन स्वादअनुसार, अदुवाको पेस्ट  १ सानो चम्चा, लसुनको पेस्ट १ सानो चम्चा, कागतीको रस १ ठूलो चम्चा, गोलभेंडा र धनियाँको अचारका लागि सनफ्लावर तेल ५० मिलिलिटर, हरियो खुर्सानी २ वटा, कागतीको रस १ ठूलो चम्चा, मसिनो गरी काटिएको धनियाँ २ ठूलो चुम्चा, पाकेको गोलभेंडा ४ वटा, नुन स्वादअनुसार ।

विधि ः गोलभेंडा, हरियो खुर्सानी ओवन अथवा चुल्होमा पोल्ने  अनि  सिलौटोमा  गोलभेडा, खुर्सानी, जिरा, धनियाँ, तेल, कागती  रस, लसुन र नुनका साथ मसिनो हुने गरी पिस्ने। सालमोनमा कागती रस तथा नुन हाली हल्का मोल्ने। एउटा भाँडामा  ब्रेडकम, धनियाँ, जिरा तथा  अदुवा  मिसाउने  र त्यसमा  तयारी माछा मोल्ने। माछालाई ट्रेमा हाली ओभनमा १ सय ८० डिग्रीको तापक्रममा १० देखि १२ मिनेट  पकाउने। तयारी माछा अचारसँग सर्भ गर्ने।

माछाको सेवनले

-    रक्तचाप एवं डिप्रेसन कम गर्छ।

-    मस्तिष्क स्वस्थ बनाउँछ।

-    हड्डी एवं  छाला मजबुत बनाउँछ।

-    मुटुसम्बन्धी रोगबाट जोगाउँछ।

-    मुख, खाना नली तथा छातीमा हुन सक्ने  क्यान्सर कम गर्छ।

चटपटे चना र धनियाँको बारा

सामग्री ः सेतो चना ३ सय ग्राम, पिसेको सेतो चना ३ सय ग्राम धनियाँ आधा मुठा, जिराको धूलो १ सानो चम्चा , मैदा २ ठूलो चम्चा, नुन-मरिच स्वादअनुसार, अदुवाको पेस्ट १ सानो चम्चा, लसुनको पेस्ट १ सानो चम्चा, कागतीको रस १ ठूलो चम्चा, सनफ्लावर तेल ५० मिलिलिटर ।

विधि ः सेतो चनालाई केलाएर रातभरि भिजाउने। चिसो पानीमा राम्रोसँग पखाली अलिकति नुन, तेल र पानी हाली नपाकेसम्म उमाल्ने। चिसो बनाएर आधालाई पिसेर, आधा सिंगो चनालाई एउटा सलाद बउल (भाँडो) मा राख्ने र मसिनो गरी काटिएको धनियाँ, जिरा, मैदा, नुन, मरिच, अदुवा, लसुन र कागतीको रस हाली राम्रोसँग मोल्ने। एउटा तावामा तेल तताएर बाराको मिक्स स-साना बल बनाएर तावामा राखी माथिबाट हल्का थिचेर गोलो आकार दिने अनि दुवैतिर खैरो हुने गरी कम तापमा पकाएपछि चटपटे चनाको बारा तयार हुन्छ।  

चनाको सेवनले

-    मोटोपन  घटाउन  सहयोग पुर्‍याउँछ।

-    कोलेस्ट्रोल कम गर्न  सहयोग गर्छ।

-    शक्ति सन्तुलन हुन्छ। मस्तिष्क एवं रगत स्वस्थ बनाउँछ।

-    मुटु रोग तथा स्ट्रोक्सबाट  जोगाउँछ।

-    ब्रेस्ट  क्यान्सर कम गर्न सहयोग गर्छ।  

चिकेन एभोकाडो रोल

सामग्री ः कुखुराको फल मासु ४ सय ग्राम, एभोकाडो फल ४ वटा,  टोटिल्ला रोटी ४ वटा, जिराको धूलो १ ठूलो चम्चा, हरियो खुर्सानी १ ठूलो चम्चा, हरियो लसुन १ ठूलो चम्चा, कागतीको रस १ ठूलो चम्चा, बेसार आधा  सानो चम्चा, सनफ्लावर तेल ५० मिलिलिटर, मेथी आधा  सानो चम्चा, पोलेको गोलभेडा २ वटा, बिरेनुन आधा सानो चम्चा ।

विधि ः कुखुराको फल मासुलाई लामो गरी काटेर चुल्होमा अलिअलि खैरो हुने गरी पकाउने र स-साना टुक्रामा काट्ने। एभोकाडोको बोक्रा तासेर गेडा निकाली स-साना टुक्रा बनाउने। सलाद बउल (बाटा) मा कुखुराको मासु, एभोकाडो, पोलेको गोलभेडा, लसुन, खुर्सानी, जिरा, बिरेनुन तथा कागतीको रस हाली राम्रोसँग मोल्ने। फ्राई प्यानमा तेल तताएर मेथी हाल्ने तथा कालो हुन थालेपछि बेसार हाली मोलेको मासु र एभोकाडोमा झान्ने।

यसलाई तोतिल्ला रोटी -पातलो गरी बेलेर पकाइएको मैदाको  रोटी) को बीचमा  राखी दायाँ-बायाँ र आफूतिरबाट विस्तारै फोल्ड गर्ने। यसलाई बीचबाट क्रस काटी प्लेटमा सजाएर गाजर, काँक्रो एवं प्याजको  सलादसँग  सर्भ गर्ने।

एभोकाडोेको  सेवनले

-    खराब रक्त कोलेस्ट्रोल लेवल घटाउन सहयोग पुर्‍याउँछ।

-    हड्डी र  छाला  मजबुत  बनाउँछ।

-    मुटु स्वस्थ राख्छ।

-    ब्रेस्ट  क्यान्सरको जोखिम कम गर्छ।

 Image