Successfully Copied

जुठेल्नादेखि जुमासम्म

न्यूजर्सी सिटीको महोत्सवमा उनले हिमालयन सुप (गुन्दु्रकको झोल) बनाएर विदेशीलाई चखाउ“दा धेरैले मन पराएको प्रतिक्रिया आएको उनले बताए । ‘त्यहाँ मात्रै होइन अमेरिकाकै अन्य स्थानमा भएका उत्सव–महोत्सवमा मैले भटमास साँधेको रेसिपी तयार पारेको थिएँ ।

अमेरिकास्थित न्यूयोर्कमा अन्तर्राष्ट्रिय ‘चेन होटल ब्रान्ड’ अन्तर्गत ‘जुमा’मा नेपाली सेफ नारायण परियार लोकप्रिय छन् । दुबई, कतार, हङकङ, टर्की, लण्डन, अमेरिकालगायत विश्वभर फैलिएको ‘जुमा’मा वर्षौंयता काम गर्दै आएका उनले आफू लोकप्रिय हुन धेरै दुःख, कडा मेहनत र संघर्ष गर्नुपरेको न्यूयोर्कको भेटमा बताए ।
धादिङको तत्कालीन दार्खा गाउँ विकास समितिका उनी गाउँकै विद्यालयमा प्रारम्भिक शिक्षा प्राप्त गरे । आर्थिक अवस्था कमजोर भएका कारण उनी ०५९ मा काठमाडौं हान्निए । राजधानीको गोंगबुस्थित एउटा मिठाईं पसलमा जुठेल्नामा काम गर्न थाले । उनले एकाबिहानैबाट मध्यरात्रिसम्म डङ्गुर भाँडा माझ्नुपथ्र्यो, तलब भने मासिक ५ सय रुपैयाँ मात्र पाउँथे । ‘दलित पविारमा जन्मियो, घरमा पनि दुःख थियो । यसै त दुःख त्यसमा पनि गाउँमा बुवाआमा छुट्टिएको खबर पाएँ । त्यसले मेरो मानसपटलमा नराम्रो धक्का दियो । आमा पोखरा गएको थाहा पाएपछि उहाँलाई खोज्दै त्यहाँ पुगें,’ नारायणले अतीत सम्झिँदै भने, ‘पोखरा पुगेपछि त्यहाँ एउटा मिष्ठान्न भण्डार, डान्स रेस्टुरेन्ट, दोहोरी साँझलगायतका रेस्टुरेन्ट÷होटलमा भाँडा माझ्ने कामबाट सुरु गरी भान्सासम्म पुगें । यो बीचको दुःख र संघर्ष वर्णन गरी साध्य छैन ।’



पोखरामा गरेको संघर्षपछि नारायण कसोकसो दुबई पुगे । जापानिज कुजिन डेलिभरी गर्ने एउटा होटलमा ‘टिम क्रु मेम्बर’ को काम पाए । उनले आठ वर्ष त्यहीँ बिताए । त्यसपछि इमिरेट्स टावरमा पुगे । आफ्नो पेसा र जिम्मेवारीमा निष्ठा राख्ने उनले कामप्रतिको दक्षताले आफू खुड्किलो चढ्न सकेको बताए । ‘मेरो कामबाट प्रभावित भएर मलाई विश्वभर फैलिएको जुमा दुबईबाट अफर आयो । त्यहाँ रातदिन मेहनत गरें । बेलाबखत साप्ताहिक रूपमा नेपाली रेसिपी पस्किन्थें,’ उनले भने, ‘मेरो इमान्दारिता, कामप्रतिको विज्ञता र मेहनत देखेर जुमाले मलाई २०१८ मा न्यूयोर्कस्थित आफ्नो होटलमा पठाइदियो ।’
आफ्नो काममा मात्रै सीमित नरही नेपाली खानाको परिकारको प्रचार–प्रसार र सम्बद्र्धनमा लागेका नारायण अमेरिकामा हुने विभिन्न ‘फुड फेस्टिबल’ मा समेत सहभागी हुन्छन् । नेपाली परिकार बनाएर विदेशीलाई चखाउँछन् । न्यूजर्सी सिटीको महोत्सवमा उनले हिमालयन सुप (गुन्दु्रकको झोल) बनाएर विदेशीलाई चखाउ“दा धेरैले मन पराएको प्रतिक्रिया आएको उनले बताए । ‘त्यहाँ मात्रै होइन अमेरिकाकै अन्य स्थानमा भएका उत्सव–महोत्सवमा मैले भटमास साँधेको ‘रेसिपी’ तयार पारेको थिएँ । यो पनि विश्वभरका मान्छेले चाखे । नेपालबाहेक कुनै पनि मुलुकमा यो परिकार नखाइने र यो अत्यन्तै स्वादिष्ट र पोषिलो भएको सकारात्मक प्रतिक्रिया पाएँ’ उनले भने, ‘नेपाली खानामा प्रयोग गरिने मरमसला औषधि पनि हो, यी सबै अमूल्य र बहुगुणी छन् । 

यसले जिब्रोलाई स्वाद दिने मात्रै नभएर शरीरलाई आराम प्रदान गर्ने र विभिन्न रोगसँग लड्ने क्षमता पनि बढाउँछ । मैले तिनै मरमसला प्रयोग गरेर नेपाली शैलीको मःमः पनि बनाएर विदेशीलाई चखाइसकेको छु ।’ ‘जुमा’ को एक ‘सिफ्ट’ मा ३५ देखि ४० जना कामदारको टिममा नारायण ‘इन्चार्ज’ हुन् । बाहिर हुने भेला, उत्सव, पर्व, महोत्सवमा मात्र नभएर ‘जुमा’ भित्रै पनि नारायाण नेपाली रेसिपी पस्किन्छन्, जसलाई ‘सिजनल क्रियसन’ का रूपमा राखिएको छ । यो ‘मेनु’मा नेपाली मौलिकता भएको मःमः, भटमास साँधेको, गुन्दु्रकको झोल, गोलभेंडा र भान्टाको सलाद आदि परिकार पर्छन् । नेपाल चिनाउन आफूले गरेको प्रयास सानै भएपनि यसको प्रभाव फराकिलो भएको उनको दाबी छ । नेपालमा भाँडा माझ्दा महिनाको पाँचसय कमाउने नारायण हाल मासिक आठ लाखको हाराहारीमा तलब थाप्छन् । 

त्यही रकमबाट उनी नेपाली परिकार प्रबद्र्धनका लागि खाद्य सामग्री खरिद गरी ठाउँ–ठाउँमा नेपाली खाना पकाएर चखाउने गरेको बताए । न्यूयोर्कका स्थानीय पत्रपत्रिका एवं अन्य संचारमाध्यममा नेपाली खानालाई विदेशसम्म चिनाउने नेपाली सेफका रूपमा उनी चर्चित छन् । अब नितान्त टिपिकलका साथै ‘फ्युजन’ नेपाली खानामा जोड दिने उनको योजना छ । ‘विदेशमा बस्नु बाध्यता हो । तर, जहाँ बसेपनि आफ्नो क्षेत्र र कर्ममार्फत आफ्नो देशलाई उँचो राख्ने ध्येय हुँदोरहेछ । यहाँ बस्ने हामीले आफ्ना लागि मात्रै गरेर देशका लागि केही गरेनौं भने कसले गर्ने ?’ उनले भने, ‘जुमा भित्रै ओभर टाइम काम गर्दा मलाई पैसाको छेलोखेलो हुन्छ तर म आठ घण्टा बढी काम गर्दिन किनभने मलाई पैसा मात्रै कमाउनु छैन । आफूले जानेको काममार्फत मेरो देश नेपाललाई चिनाउनु छ ।’ दुई छोरीका बुवा नारायाण श्रीमती र छोरीलाई पनि नेपाली खाना बनाएर प्रदर्शन गर्ने ठाउँमा सँगै लिएर जान्छन् । साना नानीहरूपनि सामग्री ठिक्क पार्ने काममा सघाउँछन् । भान्सामा काम गर्ने महिलाको मात्रै जिम्मा हो भन्ने हाम्रो नेपाली समाजलाई सन्देश दिँदै नारायणले भने, ‘खानालाई सृष्टिमै सर्वोत्कृष्ट मानिन्छ, जसको अभावमा बाँच्न सम्भव छैन । यस्तो काम गर्ने महिला हुन् वा पुरुष जो कोही सम्मानका पात्र हुन् । एउटी आमा वा गृहिणीले खाना पकाएर दिन्छिन् भने त्यसको मूल्य बुझौं, उनीहरूको सम्मान गरौं । अब घरभित्रका गृहिणीको कामको पनि मूल्यांकन हुनुपर्छ ।’  

 Image