Successfully Copied

महिला विश्वकप फुटबलको इतिहास

विश्वस्तरमा महिला विश्वकप फुटबलको कुरा गर्ने हो भने १९७० जुलाईमा भएको थियो । त्यसपछि अर्को अनाधिकारिक विश्वकप प्रतियोगिता मेक्सिकोमा १९७१ मा भएको थियो ।


सन् १९९१ देखि पुरुष विश्वकपको एक वर्षपछि सुरुवाती प्रतियोगितालाई फिफा महिला विश्व च्याम्पियनसीप नामकरण गरिएको थियो । यसअघिका आठवटा प्रतियोगितामध्ये अमेरिकाले चारपटक, जर्मनीले दुईपटक, जापान र नर्वेले एक–एक पटक उपाधि जितिसकेका छन् । हालसम्म चीन र अमेरिकाले दुई–दुई पटक, क्यानडा, फ्रान्स, जर्मनी र स्वीडेनले एक–एक पटक गरी छ वटा राष्ट्रले यो प्रतियोगिताको आयोजना गरिसकेका छन् । यसपटक अस्ट्रेलिया र न्यूजिल्यान्ड गरी दुई देश र दुई महासंघ (कन्फेडेरेन्स) मा आयोजना भइरहेको छ । दक्षिणी गोलाद्र्धमा पहिलो पटक महिला विश्वकप आयोजना हु“दैछ । यसपटकदेखि सहभागी संख्या ३२ टोली पु¥याइएको छ । 

विश्वस्तरमा महिला विश्वकप फुटबलको कुरा गर्ने हो भने १९७० जुलाईमा भएको थियो । त्यसपछि अर्को अनाधिकारिक विश्वकप प्रतियोगिता मेक्सिकोमा १९७१ मा भएको थियो । डेनमार्कले मेक्सिकोलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरी उपाधि जितेको थियो । असीको दशकमा मुन्डिलियाटो भनेर इटाली र इंग्ल्यान्डबीच चार संस्करणका द्विदेशीय आमन्त्रण खेल भए । सत्तरीको दशकमा धेरै राष्ट्रहरूले महिला फुटबलमाथिको प्रतिबन्ध हटाए । जसले गर्दा आधिकारिक रूपमा एसियामा १९७५ मा र युरोपमा १९८४ मा महिला फुटबल प्रतियोगिताहरू भए । र, महिला फुटबलको प्रवद्र्धनका लागि फिफा कांग्रेसबाट बलियो पहल हुनुपर्ने कुरा उठ्यो । फलस्वरूप चीनमा १९८८ मा फिफा महिला आमन्त्रण प्रतियोगिताको आयोजना भयो । विश्वव्यापी तवर महिलाहरूको विश्वकप आयोजना सान्दर्भिक छ, छैन भन्ने कुरा पहिल्याउन । उक्त प्रतियोगितामा १२ राष्ट्र सहभागी भएका थिए । युरो च्याम्पियन नर्वेले स्वीडेनलाई शून्यका विरुद्ध एक गोलले पराजित गरी उपाधि जित्यो । उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएलगत्तै फिफाले आधिकारिक रूपमा सन् १९९१ देखि महिला विश्वकपको आयोजना सञ्चालन गर्ने घोषणा ग¥यो ।

पहिलो

चीनमा नोभेम्बरमा आयोजित पहिलो संस्करणमा अमेरिकाले नर्वेलाई एकका विरुद्ध दुई गोलले पराजित गरी उपाधि जित्यो । भलै फिफा विश्वकपको नामकरण गर्न हिच्किचाएकाले महिला फुटबलका लागि प्रथम फिफा विश्व च्याम्पियनसीप नाम दिइएको थियो । प्रतियोगिताको पहिलो खेलमा आयोजक चीनले नर्वेलाई शून्यका विरुद्ध चार गोलले पराजित ग¥यो । चीनकी मा लीले महिला विश्वकपमै पहिलो गोल गरिन् भने २६ खेलमा ९९ गोल (औसतमा ३.८१ गोल प्रतिखेल) भए । सहभागी १२ टोलीलाई तीन समूहमा विभाजित गरिएकोमा समूह एबाट चीन, नर्वे र डेनमार्क, समूह बीबाट अमेरिका र स्वीडेन तथा समूह सीबाट जर्मनी, इटाली र चाइनिज टाइपेई क्वार्टरफाइनल (नकआउट चरण) मा प्रवेश गर्न सफल भए । समूह चरणबाटै बाहिरिए पनि न्यूजिल्यान्ड, ब्राजिल, जापान र नाइजेरियाले पनि नवप्रवेशीको दर्जा पाए । क्वार्टरफाइनलमा डेनमार्क र जर्मनी एवं नर्वे र इटालीबीचको खेल थप समयमा गयो भने चाइनिज टाइपेईविरुद्ध अमेरिकाकी मिसेल एकर्स स्टाह्लले एउटै खेलमा चार गोल गर्न सफल भइन् । स्वीडेन, नर्वे, जर्मनी र अमेरिका सेमिफाइनलमा पुग्न सफल भए । अमेरिकाकी मिसेल एकर्स स्टाह्लले प्रतियोगिताभरि सर्वाधिक दस गोल गरी स्वर्ण जुत्ता जितिन् भने अमेरिकाकै क्यारिन जेनिङ्स प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन् । प्रतियोगितामा इटालीकी मोरेसले (चाइनिज टाइपेईविरुद्धको खेलमा) ह्याट्रिक, न्यूजिल्यान्डकी म्याक काहिलले (नर्वेविरुद्ध) आत्मघाती गोल एवं जर्मनीकी विइगम्यानले (चाइनिज टाइपेईविरुद्ध) खेल अवधिमै पेनाल्टीमार्पmत गोल गरी महिला विश्वकपमा कीर्तिमान रचिन् । प्रतियोगितामा ह्याट्रिक गर्ने अर्की खेलाडी अमेरिकाकी क्यारिन जेनिङ्स (जर्मनीविरुद्ध) पनि थिइन् । प्रतियोगिताभरिमा जापानले स्वीडेनविरुद्धको खेलमा शून्यका विरुद्ध आठ गोलको लज्जास्पद हार व्यहोरे । प्रथम संस्करणका खेलहरू ८० मिनेट मात्र खेलाइए भने विजेता टोलीलाई पनि दुई अंक प्रदान गरिन्थ्यो । यी नियम केवल यो संस्करणमा मात्र लागू भए ।

दोस्रो

स्वीडेनमा आयोजित यो प्रतियोगितामा नर्वेले जर्मनीलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरी उपािध जित्यो । बुल्गेरियाले आयोजनाको मौका त्यागेको हुनाले स्वीडेनले महिला विश्वकप आयोजना गरेर पुरुष र महिला विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बन्यो । अस्ट्रेलिया, क्यानडा र इंग्ल्यान्ड नवप्रवेशी राष्ट्रका रूपमा सहभागी थिए । यो प्रतियोगितामा पनि सहभागी १२ टोलीलाई तीन समूहमा विभाजित गरी प्रत्येक समूहबाट शीर्षस्थ दुई टोलीका साथै उत्कृष्ट दुईवटा तेस्रो टोली नकआउट चरणमा प्रवेश पाउँथे । समूह एबाट जर्मनी, स्वीडेन र जापान, समूह बीबाट नर्वे र इंग्ल्यान्ड तथा समूह सीबाट अमेरिका, चीन र डेनमार्क नकआउट चरणमा प्रवेश गर्न सफल भए । समूह चरणमा नर्वेले नाइजेरियालाई शून्यका विरुद्ध आठ गोल तथा क्यानडालाई शून्यका विरुद्ध सात गोलले लज्जास्पद पराजय चखायो । नकआउट चरणमा पुग्न सफल आठ टोलीले १९९६ ओलम्पिकमा सोझै प्रवेश पाउने मौका पायो । चीन र स्वीडेनबीचको क्वार्टरफाइनल खेल अतिरिक्त समयसम्म पनि एक गोलको बराबरी भएपछि टाइब्रेकरमा चीनले आयोजक स्वीडेनलाई स्तब्ध पा¥यो । जर्मनी, चीन, नर्वे र अमेरिका सेमिफाइनलमा पुग्न सफल भए । पहिलो विश्वकपमा जस्तै २६ खेलमा जम्मा ९९ गोल नै भए । नर्वेले उपाधि घर लानेबेलामा यात्राभरि दुईवटा एफ सिक्सटिन विमानले पहरा दिएका थिए । नर्वेकी एन क्रिस्टिन आरोनेसले प्रतियोगिताभरि सर्वाधिक छ गोल गरी स्वर्ण जुत्ता जितिन् भने नर्वेकै हेगे रिइसेले स्वर्ण बल पाइन् । प्रतियोगिताको समूह चरणमा नर्वेकी क्रिस्टिन स्यानबर्ग (नाइजेरियाविरुद्ध) र नर्वेकै आरोनेसले (क्यानडाविरुद्ध) ह्याट्रिक गरिन् ।

 तेस्रो
जूनमा सञ्चालित यो प्रतियोगितामा अमेरिकाले अतिरिक्त समयसम्मको गोलरहित बराबरीपछिको टाइब्रेकरमा चीनलाई हराई पहिलोपटक आयोजक राष्ट्र नै विश्वकप विजेता बन्यो । अमेरिकाकी ब्रान्डी च्यास्टेइनले निर्णायक पेनाल्टी गोल गरिन् । यसपटकदेखि सहभागी संख्या १६ टोली पु¥याइएको थियो । घाना, मेक्सिको, उत्तर कोरिया र रसिया नवप्रवेशी राष्ट्रका रूपमा सहभागी थिए । प्रतियोगिताभरिका ३२ खेलमा कुल १२३ गोल (प्रति खेल ३.८४ गोल ) भए । चार समूहमा विभाजन गरी शीर्षस्थ दुई टोलीले नकआउट चरणको मौका पाउँथे । १९९४ पुरुष विश्वकप सफलतापूर्वक आयोजना गरेलगत्तै अमेरिकाले यो प्रतियोगिताका लागि १९९५ मा दाबी पेस गरेको थियो । समूह एबाट अमेरिका र नाइजेरिया, समूह बीबाट ब्राजिल र जर्मनी, समूह सीबाट नर्वे र रसिया तथा समूह डीबाट चीन र स्वीडेन क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भए ।


चौथो
सन् २००३ को सुरुवातीतिर चीनका सार्स महामारी पैmलिएको कारण अमेरिकालाई महिला विश्वकप आयोजना गर्ने मौका फेरि जु¥यो । चीनलाई २००७ विश्वकप आयोजना गर्ने मौका दिनुका साथै दस लाख डलर जरिवाना ग¥यो । फाइनलमा निर्धारित समयसम्मको एक गोलको बराबरीपछि जर्मनीकी सब्स्टिच्युट निया क्युन्जरले थप समयको ९८ औं मिनेटमा गरेको गोल्डेन गोलको मद्दतमा स्वीडेनलाई हराई महिला र पुरुषतर्फ विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो । अर्जेन्टिना, फ्रान्स र दक्षिण कोरिया नवप्रवेशी राष्ट्रका रूपमा सहभागी थिए ।

पाँचौं
सेप्टेम्बरमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमै साबिक विजेता जर्मनीले अर्जेन्टिनालाई कीर्तिमानी शून्यका विरुद्ध ११ गोलले पराजित ग¥यो । फाइनलमा जर्मनीले ब्राजिललाई शून्यका विरुद्ध दुई गोलले स्तब्ध पा¥यो । सेप्टेम्बरमा सञ्चालित प्रतियोगिताभरि जर्मनीले एक गोल पनि खानुपरेन । फिफाले नकआउट चरणमा गोल्डेन गोलको नियम हटायो भने कुनै पनि खेल अतिरिक्त समयमा गएन । ३२ खेलमा कुल १११ गोल ९३।४७ गोल प्रति खेल० भए । ब्राजिलकी मार्टाले सर्वाधिक सात गोल गरी उच्च गोलकर्ता भइन् भने उत्कृष्ट खेलाडी पनि घोषित भइन् । जर्मनीकी नादिन एन्गरर उत्कृष्ट गोलरक्षक भइन् । सन् २००५ मा ओसेनिया छोडेर अस्ट्रेलिया एसियन फुटबल कन्फेडेरेसन क्षेत्रमा आबद्ध भएका कारण यसपटक अस्ट्रेलिया र न्यूजिल्यान्ड एकैपटक सहभागिता जनाउन सफल भए ।

छैठौं

जून, जुलाईमा पहिलोपटक जर्मनीमा आयोजित प्रतियोगिताको फाइनलमा जापानले अमेरिकालाई अतिरिक्त समयसम्मको समान दुई गोलको बराबरी पेनाल्टी शुटआउटमा हराई सिनियर फिफा विश्वकप जित्ने पहिलो एसियन राष्ट्र बने । जर्मनी पुरुष र महिला विश्वकप आयोजना गर्ने तेस्रो देश बने ।

सातौं

क्यानडामा पहिलोपटक आयोजित यो प्रतियोगितामा सहभागीको संख्या २४ पु¥याइयो । क्यामरुन, कोस्टारिका, इक्वेडर, आइभरी कोस्ट, नेदरल्यान्ड, स्पेन, स्विट्जरल्यान्ड र थाइल्यान्ड नवप्रवेशी राष्ट्रका रूपमा सहभागी थिए । फिफाले पहिलोचोटी गोललाइन टेक्नोलोजी ल्यायो भने पुरुष, महिला विश्वकपमा आर्टिफिसियल तर्फबाट खेलाइयो । कुल ५२ खेलमा १४६ गोल ९२८१ गोल प्रतिखेल भए । समूह एबाट क्यानडा र चीन, समूह बीबाट जर्मनी र नर्वे, समूह सीबाट जापान, क्यामरुन र स्विट्जरल्यान्ड, समूह डीबाट अमेरिका, अस्ट्रेलिया र स्वीडेन, समूह ईबाट ब्राजिल र दक्षिण कोरिया तथा समूह एफबाट फ्रान्स, इंग्ल्यान्ड र कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्न सफल भए । समूह चरणमा जर्मनीले आईभरी कोस्टलाई एकका विरुद्ध दस गोलले पराजित गरेको खेलमा जर्मनीकी सासिक र मिट्यागले दुवैले ह्याट्रिक गरिन् भने स्विट्जरल्यान्डले इक्वेडरलाई एकका विरुद्ध दस गोलले पराजित गरेको खेलमा स्विट्जरल्यान्डकी बाखम्यान (केवल पाँच मिनेटको अन्तरालमा ) का साथै हुम्मले ह्याट्रिक पूरा गरिन् भने सोही खेलमा इक्वेडरकी पोन्सले दुई आत्मघाती गोल गर्न पुगिन् । फाइनलमा ह्याट्रिकको कीर्तिमान राख्ने अमेरिकाकी कार्ली लोयडको मद्दतमा जापानलाई दुईका विरुद्ध पाँच गोलले हराई तेस्रो पटक उपाधि जिते । अमेरिकाकी कार्ली लोयडले स्वर्ण बल, जर्मनीकी सेलिया सासिक ९सर्वाधिक छ गोल० स्वर्ण जुत्ता र अमेरिकाकी होप सोलोले स्वर्ण पञ्जा जितिन् ।

आठौं

फ्रान्समा पहिलोपटक आयोजित यो प्रतियोगितामा भिएआर पनि पहिलोपटक प्रयोगमा आयो । अमेरिकाले नेदरल्यान्डलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरी चौथो पटक उपाधि जित्ने पहिलो टोली र जर्मनीपछि उपाधि रक्षा गर्ने दोस्रो राष्ट्र बन्यो । र, अमेरिकाकी जिल्ली इलिस पुरुष विश्वकपमा इटालीका भिट्टोरियो पोज्जो ९१९३४ र १९३८ विश्वकप० जस्तै लगातार दुईवटा विश्वकप जिताउने म्यानेजर बनिन् । अघिल्लो विश्वकपमा जस्तै ५२ खेलमा जम्मा १४६ गोल नै भए । अमेरिकाकी मेगान रापिनोईले स्वर्ण बल र स्वर्ण जुत्ता ९सर्वाधिक छ गोल० जितिन् भने नेदरल्यान्डकी सारी भान भिनेन्डालले स्वर्ण पञ्जा जितिन् । चिली, जमैका, स्कटल्यान्ड र दक्षिण अफ्रिका नवप्रवेशी राष्ट्रका रूपमा सहभागी थिए । समूह एबाट फ्रान्स, नर्वे र नाइजेरिया, समूह बीबाट जर्मनी, स्पेन र चीन, समूह सीबाट इटाली, अस्ट्रेलिया र ब्राजिल, समूह डीबाट इंग्ल्यान्ड र जापान, समूह ईबाट नेदरल्यान्ड, क्यानडा र क्यामरुन तथा समूह एफबाट अमेरिका र स्वीडेन अन्तिम १६ मा प्रवेश गर्न सफल भए । समूह चरणमा अमेरिकाले थाइल्यान्डलाई कीर्तिमानी एकका विरुद्ध तेह्र गोलले पराजित गरेको खेलमा अमेरिकाकी एलेक्स मोर्गानले एउटै खेलमा पा“च गोलको कीर्तिमान राखिन् । अन्तिम १६ को खेलमा नर्वे र अस्ट्रेलिया समान एक गोलको बराबरीपछि पेनाल्टीमा नर्वेले बाजी मा¥यो भने फ्रान्सले ब्राजिललाई अतिरिक्त समयमा पाखा लगायो । इंग्ल्यान्ड, अमेरिका, नेदरल्यान्ड र स्वीडेन सेमिफाइनल पुगे । सेमिफाइनलमा नेदरल्यान्डले स्वीडेनलाई अतिरिक्त समयमा पराजित ग¥यो । इटालीले जमैकामाथि विजय हासिल गरेको खेलमा इटालीकी गिरेल्लीले ह्याट्रिक गरिन् ।

 Image