Successfully Copied

आत्मविश्वास र क्षमता

नेपाल मात्रै होइन, विश्वभरि नै पुरुषप्रधान समाज छ । पितृसत्तात्मक संरचना भएको समाजमा पुरुषहरूकै रजगज चल्छ । पछिल्लो समय भने यो मानसिकतामा केही परिवर्तन भएको छ । केही नारीहरू महत्वपूर्ण पदमापुगेका छन् ।

नेपाल मात्रै होइन, विश्वभरि नै पुरुषप्रधान समाज छ । पितृसत्तात्मक संरचना भएको समाजमा पुरुषहरूकै रजगज चल्छ । पछिल्लो समय भने यो मानसिकतामा केही परिवर्तन भएको छ । केही नारीहरू महत्वपूर्ण पदमापुगेका छन् । महिलाहरू मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसमेत बन्न सफल भएका छन् । तर, एकाध महिला उच्च पदमा पुग्दैमा पुरुषप्रधान समाजका नीति–नियममाखासै परिवर्तन आउन सकेको छैन । यसमा बेनजिर भुट्टोलाई प्रमाणका रूपमा लिन सकिन्छ । उनी पटक–पटक पाकिस्तानकी प्रधानमन्त्री बनिन् तर पनि तलाक (श्रीमान्–श्रीमती सम्बन्ध विच्छेद) हुने कानुन परिवर्तन गर्न सकिनन् । 

धेरैजसो नारीलाई कुनै न कुनै रूपमा पुरुषको निर्देशन र नियन्त्रणमा जीवनपर्यन्त रहनुपर्ने बाध्यता छ । श्रीमान् हुन्जेल उनको निर्देशनमा पछि देवर र छोराहरूको निर्देशनमा बस्नैपर्ने बाध्यता हुन्छ । समाजमा पुरुषहरूको बोलीबिक्ने भएकाले यस्तो भएको हो । अर्को कुरा, आफ्नो क्षमता र दक्षतामा विश्वास गर्न नसक्ने वातावरणमा नारीहरू हुर्केका हुन्छन् । यसले पनि उनीहरूलाई माथि उठ्न गाह्रो भएको हो । 

यसैगरी, कार्यक्षेत्र र सम्पत्तिआर्जनमा महिलाहरू सक्रिय भए पनि सम्पत्ति र स्रोतमा उनीहरूको सहभागिता कमै हुन्छ । यसमा पुरुष–प्रधान मानसिकता र सामाजिक अवधारणाले पनि प्रभाव पारेको हुन्छ । यो भनिरहँदा महिलाहरू पनि यसका लागि कम दोषी छैनन् । उनीहरूले पनि जानी/नजानी पितृसत्तात्मक समाजमौलाउनमा सहयोग पुर्‍याएकै हुन्छन् । तसर्थ पुरुषबाट मात्र नारीको शोषण नभई महिलाबाट पनिनारीको शोषण हुने गरेको पाइन्छ । अझ युगौंदेखि चलिआएका कुरीति र कुसंस्कार बचाउनमा पनि उनीहरूको भूमिका उत्तिकै हुन्छ । 

केही समययता पितृसत्तात्मक स्वरूपबारे व्यापक चर्चा/परिचर्चा हुन थालेको छ । यही क्रममा कतिपयले पितृसत्तात्मक स्वरूपलाई मानिसद्वारा प्रतिपादित पद्धति भनेका छन् । यसमा परिवर्तन सम्भव रहेको मत उनीहरूको छ ।’ तर पुरातनवादीहरूले नर र नारीमाशारीरिक बनोटमा भिन्नता भएपनि ईश्वरले नारीको सृष्टि पुरुषका लागि गरेको तर्क राख्छन् । उनीहरूले यही आधारमा पुरुषप्रधानताबारे प्रश्न नै उठाउन नमिल्ने जिकिर गर्छन् । यी र यस्तै भनाइहरूप्रति न पश्चिमेली महिलाहरू सहमत छन् न एसियाली । उनीहरू भन्छन्, ‘नारी सृष्टिका कोमल रूप मात्र होइनन् र ढुंगेयुगका जस्ता शारीरिक बलका प्रतिमूर्ति मात्र पनि होइनन् ।’ 

पुरुषप्रधान समाज कायम रहनमा शिक्षा, संचार, कानुन, साहित्य आदिको पनि भूमिका र प्रभाव हुन्छ । धेरै बालिका विविध कारणले शिक्षाको अवसरबाट वञ्चित छन् । उनीहरूले आमाको काममा सघाउनुपर्ने हुन्छ । आर्थिक कठिनाइका कारण छोराछोरीको शिक्षामा कटौतीगर्नुपर्नेमा छोरीको विद्यालयबाट नाम काटिन्छ । स्वयं आमाहरूले पनिशिक्षा, स्वास्थ्यसहितअन्यअवसर दिने क्रममा छोरा र छोरीलाई समानव्यवहार गर्न सक्दैनन् । कतिपय स्थितिमा पितृसत्तात्मक स्वभावलाई आत्मसात् गर्न उनीहरू विवश हुन्छन् । केही सीमित महिलाहरूले मात्रै छोराछोरीबीच भेदभावगर्दैनन् जो आत्मनिर्भर छन् जसले नारी भएकोमागर्व गर्न सक्छन् । धेरैजसोबालिकाहरू शिक्षाबाट वञ्चितभएका हुन्छन्, उनीहरूले सामाजिक, आर्थिक र राजनीतिक परिपाटीमा उपलब्ध अवसर र अधिकारको उपयोग गर्न सक्दैनन् । धेरैजसो सञ्चार माध्यमहरूले एकातिर महिलाको परम्परागत शैली प्रस्तुत गर्छन् भने अर्कातिर अर्धनग्न र नग्न रूपमापनि उनीहरूलाई प्रस्तुत गरिरहेका हुन्छन् । संचार जगत्मा पुरुषवर्गको बाहुल्य रहेको हुँदा महिलासँग सम्बन्धित सूचना, खबर र गतिविधिले कमप्राथमिकता पाएको तीतो यथार्थ हो । 

बच्चा जन्माउनु, हेरचाहगर्नु महिलाको कर्तव्य हो । धार्मिक संस्कारअनुरूप छोराले बाबुआमा पाल्ने र पिण्ड दिने हुनाले छोरा नपाएसम्म आमाको स्थान परिवारमा सम्मानजनक हुँदैन । पछिल्लो समय शिक्षित परिवारमा छोराछोरीमा धेरै भिन्नता छैन तर आमसमाजमा विभेद कायम छ । छोरी कसरी सुरक्षित राख्ने भन्ने अहम् सवाल छ । किनभने बलात्कार अनिहत्याको शृंखला समाजमा बढ्दो छ । यसले बालिका र महिलाहरूलाई प्रायःजसो दिउँसो मात्र बाहिर हिँड्न बाध्य बनाइएको छ । महिलाहरूको चरित्रमा धक्का लाग्न सक्ने त्रासले पनि पुरुषको स्वीकृतिविना उनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सकिरहेका छैनन् । 

नारी र पुरुषबीच रहि आएका लिङ्गभेदकाआधारमा गरिने भेदभाव, शोषण, दमन हटाउन र सह–अस्तित्वको बोध समाजमा गराउन यस क्षेत्रमाकार्यरत मात्र नभई आ–

आफ्ना तहबाट बालिका र महिलाप्रतिइमान्दार हुनु मात्रले पनि महत्वपूर्ण योगदान पुग्न सक्छ । नारी स्वयंले अबआफ्नो सामर्थ्यको मूल्याङ्कनगर्नुपर्ने समय आएको छ । बालक र बालिकाबीचगरिने भेदभावमामहिला स्वयंको हात छ । घरपरिवारमा गरिने भेदभावपूर्ण व्यवहारले सामाजिक स्वरूप र ढाँचामा समेत प्रत्यक्ष रूपमा प्रभाव परेको छ । तसर्थ महिलाहरू स्वयंले समाजमा, घरमा मेरो कुन स्थान छ र कति जिम्मेवारी बहन गरेकी छु भन्नेतर्फ सोच्दा मात्र आफ्नो क्षमता प्रति विश्वास बढ्नेछ ।

 Image