अंग्रेजीका सुप्रसिद्ध कवि वर्डस्वर्थको भनाइअनुसार प्रकृतिको कण कणले आनन्द र उमंगको सञ्चार गरिरहेको छ । टेपनिसनको भनाइमा प्रकृतिका हरेक वस्तुहरुमा संगीत यस प्रकारबाट भरिएको हुन्छ, जसमा पापको लेस समेत हुँदैन ।
प्रकृतिको काख सबैभन्दा ठूलो शिक्षालय हो । प्रकृतिले मुक सन्देशबाट ती सबै कुरा बताइरहेको छ, जुन हामीले कुनै पनि पाठशालाको प्रांगणमा पाउन सक्दैनौं । तर हामीले सौन्दर्यहरु हेर्न भने सक्नुपर्छ । प्राकृतिक सौन्दर्यलाई सही दृष्टिकोणबाट हेर्न नसक्नाको कारण हामीमध्ये धेरै व्यक्ति आफ्नो जीवनमा मायामोहको बन्धनबाट नराम्ररी बाँधिएका हुन्छौं । जीवनमा हरेक समस्यामा अल्झिएर धन जम्मा गर्ने दिशामा हामी यति धेरै दौडिरहेका हुन्छौं कि त्यसैमा रहेर हाम्रो जीवन कहिले बित्छ हामीलाई थाहै हुँदैन । व्यापार कसरी बढाउने ? खोज कसरी पूरा गर्ने, उद्देश्य कहिले पूरा हुन्छ यस्तै सोचविचार गर्दैमा अमूल्य जीवन बित्छ ।
सहरी जीवनको दौडधुपलाई त्यागेर ग्रामीण जीवनमा बाँच्नका लागि गयौं भने पनि यो समस्याको चक्रब्यूहले हामीलाई निस्किने बाटो दिंदैन, परिणाम यो हुन्छ कि हामी जुन रुपमा त्यहाँ पुगेका हुन्छौं सोही रुपमा फर्किन्छौं । यसको कारण के हो भने हामी प्रकृतिको स्रोतबाट आनन्द लिनुको सट्टा आफ्नै चिन्तामा डुबिरहेका हुन्छौं । आफ्नो आँखा खोलेर प्रकृतिको आनन्दको रसपान नै गर्दैनौं । यसप्रकारको उल्झनले भरिएको जिन्दगी बाँच्दा हाम्रो आत्मा यति धेरै कठोर बन्न पुग्छ कि त्यसलाई प्रकृतिको कणकणमा रहेको सौन्दर्यले आकर्षित गर्नै पाउँदैन ।
प्रकृतिसँग सम्बन्ध जोड्नु र आनन्द लिनुको अर्थ हो– प्राणलाई प्राप्त गर्नु, घायल हृदयका लागि स्नेहमय लेप, नवजीवन र नवयौवन प्राप्त गर्नु हो । प्रकृति आश्चर्यजनक, मनमोहक र प्राणलाई सञ्चार गर्ने गुणहरुले भरिएको हुन्छ । जब चिन्ताहरुले घेर्छ, जब आपसी फुट र मतभेदले गर्दा हृदय छिन्नभिन्न हुन्छ, अनि नशा–नाडीहरु नै थाकेका हुन्छन् र पाइला अगाडि सर्दैनन्, त्यतिबेला प्रकृतिको काखमा गएर प्रकृतिले प्रदान गर्ने परम आनन्दको अनुभव गर्न सकिन्छ ।
सबै क्षेत्रका प्राकृतिक सुन्दरताको दर्शन गर्दा हामीलाई प्रकृति, जीवन, मानिस, शिशु, काम र आराम सबैमा ईश्वरीय सुख प्राप्त हुन थाल्छ । आत्मा, इन्द्रीय र मनलाई प्रकृतिसँग जोडिदिदा जीवनको अपार आनन्द प्राप्त हुन्छ । आश्चर्यको कुरा मानिसहरु धेरै पैसा खर्च गरेर चित्रकारको महान् कृतिलाई हेर्नैका लागि मात्र एक देशबाट अर्को देश पुगेका हुन्छन् । कागज या कपडाको चित्र लिनका लागि ठूलोभन्दा ठूलो धनराशी समेत खर्च गरेका हुन्छन् । जब कि संसारको सबभन्दा ठूलो चित्रकार पनि ईश्वरको यस संसाररुपी चित्रशालाको एउटा सुन्दर चित्र नै हो । ऊप्रति कसैको ध्यानसमेत गएको हुँदैन ।
संसारमा कामनाहरुको यति धेरै बोझ नलादौं ताकि त्यसले गर्दा तपाईंलाई प्रकृतिको काखमा रहेर त्यसको सौन्दर्यबोध हुन नसकोस् ।
प्रकृतिसँग सम्बन्ध जोड्नुको अर्थ हो– प्राणको प्राप्ति, घाइते हृदयका लागि स्नेहमयी लेपको प्राप्ति, नजजीवन र नवयौवनको प्राप्ति । प्रकृतिमा ठूलो जादुले भरिएको हुन्छ, नयाँ जीवनदान दिने गुणले भरिएको हुन्छ । त्यस खुला प्रकृतिमा हामीले एकदिन मात्र बितायौं भने पनि हामी यस्तो अनुभव गर्न थाल्छौं कि हाम्रो आयु बढिसक्यो । अमृतले स्नान गरिसक्यौं अनि जीवनदायक रस पियौं । प्रकृतिको सौन्दर्यमा जसले आफ्नो फुर्सदको समय बिताएर आएको हुन्छ, त्यो व्यक्ति निश्चिय नै परिवर्तन भएको देखिन्छ । संसारका महान् पुरुषहरुले प्रकृतिको शक्तिलाई पहिलोचोटि पहिचान गरेका हुन् । उनीहरुले फुल्न लागिरहेको कोपिलामा खेल्दै गरेको फूलमा जीवन विकसित हुँदै गरेको कणकणमासधैं आनन्द पाइरहेका हुन्छन् ।