एकल महिला
हिजो पतिको निधन हुनासाथ पत्नीलाई त्यही चितामा सुताएर जिउँदै डढाइन्थ्यो । सतीप्रथाको उन्मूलनपछि अहिले महिलालाई जिउँदै डढाइँदैन तर जिउँदै डढाइएको जस्तै मानसिक यातना उनीहरूले पलपल बेहोर्नु परिरहेको हुन्छ ।
एउटा सानो शब्द हो थ्याङ्क यू अर्थात् धन्यवाद । यो शब्दले जीवनमा खुसी संचार गर्छ । धन्यवाद भन्नु मानवताको सबैभन्दा बलियो भावना हो, जसले व्यक्तिलाई खुसी बनाउँछ र जीवनप्रति उसको दृष्टिकोण परिवर्तन हुन्छ । आजसम्म भएका कतिपय शोधले यही कुरालाई अगाडि ल्याएका छन् । यदि आफूले अहिलेसम्म धन्यवाद भनिएको छैन भने तुरुन्तै धन्यवादको प्रयोग गर्न थालौं
मनोवैज्ञानिकहरूका अनुसार थ्याङ्क यू भन्नु आफ्नै स्वास्थ्यका लागि पनि लाभदायक छ ।
क्यालिफोर्निया विश्वविद्यालयका मनोविज्ञान विभागका प्रोफेसर रोबर्ट एमन्सका अनुसार कृतज्ञ व्यक्ति बढी चुस्त, स्फुर्त, जीवन्त, अरूप्रति रुचि राख्ने र जोसिला हुन्छन् । कृतज्ञ व्यक्तिमा ईष्र्या, क्रोध, आक्रोश, रोष र तनाव सिर्जना गर्ने अप्रिय भावना कम हुन्छ । मनोवैज्ञानिकहरूका अनुसार बाहिरी र सतही रूपमा धन्यवाद भन्न सजिलो छ तर धन्यवाद मात्र औपचारिकताका लागि व्यक्त गर्नु ठीक होइन । यसलाई ह्दयबाटै अनुभव गर्नुपर्छ । यसबाट सकारात्मक सोच कायम रहन्छ, जसका कारण हाम्रो शरीरका सम्पूर्ण ग्रन्थिले सही ढंगबाट काम गर्न थाल्छन् । यो आफैंमा आत्मविश्वास पनि हो ।
धन्यवादको फाइदा
ध्यान दिनुपर्ने कुरा