‘सिटामोल’ ट्रेलर सार्वजनिक
आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यंग्यले भरिएको ट्रेलरले ‘सिटामोल’ प्रति दर्शकको चासो बढाएको छ ।
