Successfully Copied

‘सफ्ट ब्राइडल’ मेकअप

‘ब्राइडल मेकअप’ गर्दा ‘वाटरप्रुफ’ हुनु जरुरी छ । ‘मेकअप’ भद्दा नदेखियोस् भन्ने कुरामा विशेष जोड दिनुपर्छ । यो लामो समयसम्म टिकाउन छालामा भएको फोहोर, धूलोधूँवा हटाउनुपर्छ । जसका लागि ‘मेकअप’ अघि ‘क्लिन्जिङ’ आवश्यक छ । त्यसपछि छालालाई मुलायम बनाउन ‘मोस्चराइजर’ जरुरी हुन्छ । 

मंसिर विवाहको महिना हो । धेरैलाई यो पल स्मरणीय बनाउने चाहना हुन्छ । विवाहमा दुलही आकर्षकको केन्द्र बनेकी हुन्छिन् । त्यसैले यतिबेला धेरैमा कस्तो पहिरन लगाउनेदेखि मेकअप कस्तो गर्ने भन्ने द्विविधा हुनु स्वाभाविक हो । ‘मेकअप आर्टिस्ट’ युनिका शाक्य पछिल्लो समय ‘ब्राइडल’ भए पनि दुलही ‘सिम्पल’ देखिन रुचाउने बताउँछिन् । 

‘ब्राइडल मेकअप’ गर्दा ‘वाटरप्रुफ’ हुनु जरुरी छ । ‘मेकअप’ भद्दा नदेखियोस् भन्ने कुरामा विशेष जोड दिनुपर्छ । यो लामो समयसम्म टिकाउन छालामा भएको फोहोर, धूलोधूँवा हटाउनुपर्छ । जसका लागि ‘मेकअप’ अघि ‘क्लिन्जिङ’ आवश्यक छ । त्यसपछि छालालाई मुलायम बनाउन ‘मोस्चराइजर’ जरुरी हुन्छ । 

‘मेकअप’ को महत्वपूर्ण पाटो भनेको ‘आई मेकअप’ हो । यसले आकर्षक देखाउँछ । ‘मेकअप’ आँखाबाट सुरु गर्दा अनुहारको बेस बिग्रँदैन । सिमरको प्रयोग गर्दा आफ्नो पहिरनसँग संयोजन मिलाएर लगाउन सके अझ सुन्दर देखिन्छ । ‘आई मेकअप’ मा प्रयोग हुने सौन्दर्य प्रसाधन सबै ‘वाटरप्रुफ’ हुनुपर्छ । त्यसपछि अनुहारको ‘मेकअप’ सुरु हुन्छ । ‘फाउन्डेसन’ छालाको ‘टोन’ अनुसारकै रोज्नुपर्छ । त्यसपछि ‘ब्लसर’, ‘हाइलाइट’ को प्रयोग गर्न बिर्सनुहुँदैन । यसले अनुहारको चमक बनाइराख्छ । अन्त्यमा ओठको ‘मेकअप’ गर्नुपर्छ । ओठको आकार सानो भए ‘ब्राउन’ रंगको ‘लिपलाइनर’को प्रयोग गर्नुपर्छ । ‘लिपिस्टिक’ भने पहिरनसँग मिल्ने नै लगाउनुपर्छ । दुलहीले प्रायःजसो रातो ‘लिपिस्टिक’ लगाउने चलन छ । 

मोडल : आयुश्मा कर्माचार्य

मेकअप आर्टिस्ट : युनिका शाक्य मेकअप दरबार, झम्सिखेल हेयर स्टाइलिस : रिशा श्रेष्ठ

 

 Image