‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
लेखक मञ्जु थापाको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तक बजारमा आएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको हो । यस पुस्तक नेपालबाहिर बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।

यो पुस्तक ती आमाहरू जीवनी हो, जसमा आमाहरुले भोगेका विभिन्न पक्षबारे चर्चा गरिएको छ । समग्रमा त्यो बेलामा आमाहरुले देखेको, भोगेको, बाँचेको समाजको कथा छ । बाह्र जना आमाहरुको जीवनकथा पुस्तकमा समेटिएपनि यो पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको छ ।
यो पुस्तक विद्रोही एंव एकल आमाहरुको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियार बताउँछन् । उनले भने, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु उचित हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन् ।’

त्यस्तै, यो पुस्तक छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र होइन नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् ।