Successfully Copied

सृष्टिलाई ‘कम्युनिकेटर अवार्ड’ 

‘मोटिभेसनल स्पिकर’ तथा ‘ब्लाइन्ड रक्स’ की संस्थापक सृष्टि केसीलाई यस वर्षको ‘कम्युनिकेटर अवार्ड’ प्रदान गरिएको छ ।

‘मोटिभेसनल स्पिकर’ तथा ‘ब्लाइन्ड रक्स’ की संस्थापक सृष्टि केसीलाई यस वर्षको ‘कम्युनिकेटर अवार्ड’ प्रदान गरिएको छ । ‘टोस्ट मास्टर्स नेपाल’ द्वारा आयोजित ‘साइटेसन २०२२’ कार्यक्रममा उनलाई उत्कृष्ट नेतृत्व र संचार क्षमता प्रदर्शन गरेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । 

अवार्ड ग्रहणपछि उनले भनिन्, ‘यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टर हुने निर्णय गरेकी छु ।’

१६ वर्षकै उमेरमा ग्लुकोमाका कारण आँखाको ज्योति गुमाए पनि सृष्टिले प्रवीणता प्रमाणपत्र र स्नातक तहमा गोल्ड मेडल हासिल गर्न सफल भएकी थिइन् । उनको संघर्षमा आधारित बायोपिक सिनेमा ‘ब्लाइन्ड रक्स’ सन् २०१८ मा विश्वव्यापी रूपमा प्रदर्शन भएको थियो । ‘साइटेसन’ मा प्रसिद्ध अभिनेतृ मनीषा कोइराला मुख्य वक्ता (कि–नोट स्पिकर) का रूपमा सहभागी थिइन् । 

 

 Image