जाडोमा छालाको हेरचाह
छाला शरीरको बाह्य कवच हो । मौसम प्रतिकूल हुँदा शिशिरयाममा रुखोपनको प्रत्यक्ष असर छालामा पर्छ । त्यसैले यतिबेला छालाको उचित स्याहार जरुरी छ ।
भारतको दिल्लीस्थित ‘मेक मी अफ स्कुल’ ले ५० भन्दा बढी नेपाली मेकअफ आर्टिस्ट तथा ब्युटिसियनलाई सौन्दर्यसम्बन्धी प्रशिक्षण दिएको छ । संस्थाका निर्देशक कनिका बब्लानीले महिलालाई सौन्दर्यसम्बन्धी विशेष ज्ञान, कला र सीप दिने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताइन् । दुई सत्रमा आयोजित एक दिने प्रशिक्षणमा भारतकी मेकअप प्रशिक्षक अनुराग आर्याले ‘प्रि–वेडिङ मेकअप’ र मानषी लखवानीले दुलही सिँगार्दाको सीपसम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमकी संयोजक रजनी श्रेष्ठले दुवै सत्रमा नेपाली मोडलहरू राखेर व्यावहारिक सीप प्रदान गरिएको बताइन् ।


