अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार यो वर्ष नेपाली एलजीबीटीक्युआई अभियन्ता भूमिका श्रेष्ठलाई प्रदान गरिएको छ । अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले उनलाई जेठ पहिलो साता काठमाडौं आयोजित उक्त पुरस्कार हस्तान्तरण गरिन । पुरस्कार भूमिकाद्वारा मानव अधिकार र लोकतन्त्रको उत्थानमा निरन्तर वकालत गरे वापत उनलाई पुरस्कार प्रदान गरिएको हो ।

नेपालीले उक्त पुरस्कार लगातार दोश्रो वर्ष जित्न सफल भएको हो। गत वर्ष नेपालमा हुने एसिड आक्रमण विरूद्धको अभियानका लागि मुस्कान खातुनलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
