Successfully Copied

‘बिरामीका साथी कुकुर’ 

धेरै अध्ययनले के देखाएको छ भने कुकुर पाल्ने मानिसमा हृदय रोगको सम्भावना नपाल्ने भन्दा कम हुन्छ । कुकुरसँग खेल्ने, हिँडडुल गर्ने तथा एक्लोपन हुन नदिने भएकाले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ । 

प्राचीनकालदेखि नै कुकुर र मानिसको अन्योन्याश्रित सम्बन्ध रहिआएको छ । घरपालुवाले कुनै न कुनै रूपमा मानिससँग सधै नजिकको सम्बन्ध राख्छ । पुरानो जमानामा शिकार खेल्न जाँदा होस् वा चौंरीगोठ एवं घरपरिवारको सुरक्षा होस् कुकुरले आफ्नो बफादारी देखाएकै हुन्छ । 

एक्काइसौं शताब्दीमा विभिन्न अनुसन्धानले कुकुर पाल्ने र नपाल्ने मानिसको स्वास्थ्य अवस्था फरक हुने गरेको देखाएको छ ।

कुकुरले मानिसलाई स्वस्थ राख्छ 

धेरै अध्ययनले के देखाएको छ भने कुकुर पाल्ने मानिसमा हृदय रोगको सम्भावना नपाल्ने भन्दा कम हुन्छ । कुकुरसँग खेल्ने, हिँडडुल गर्ने तथा एक्लोपन हुन नदिने भएकाले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ । 

कुकुरसँग खेल्दा होस् वा उसलाई कतै घुमाउन जाँदा होस् हाम्रो शारीरिक व्यायाम हुन्छ । कुकुर साथीसँग आफ्नो जीवन र घर साझा गर्नुको सबैभन्दा सहज फाइदा भनेको कुकुरले तुरुन्तै ‘फिल्स् गुड भाइब्स्’ दिन्छ ।

जब हाम्रो घरपालुवासँग अन्तरक्रिया गर्छौं, हाम्रो ‘अक्सिटोसिन’ को स्तर बढ्छ । यो हाम्रो सामाजिक बन्धनका लागि धेरै हदसम्म जिम्मेवार हुने भएकाले यो हार्मोनल ‘प्रेम इन्जेकसन’ ले हाम्रो मनोवैज्ञानिक कल्याणलाई बढावा दिन्छ ।

यसबाहेक कुकुरले अवसादका लक्षणहरू प्रायः थेरापी जनावरका रूपमा प्रयोग गरिन्छ । कुकुरले क्यान्सर थेरापीबाट गुज्रिरहेका बच्चाहरूको मनोवैज्ञानिक कल्याणमा सुधार गर्न मद्दत गर्ने अन्वेषकहरूले बताएका छन् । कुकुरले ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअडर’ भएकाहरूलाई सहयोग गर्न सक्छन् ।

स्वास्थ्य अनुसन्धानमा कुकुर 

मानिसमा मधुमेह र क्यान्सर रोग पत्ता लगाउनमा कुकुरलाई प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् । एउटा कुकुरमा करिब १२५ देखि ३० करोड गन्ध थाहा पाउने ग्रन्थि हुन्छन् । मानिसमा भने यस्ता ग्रन्थिहरू करिब ५० लाख मात्रै हुन्छन् । यसको अर्थ कुकुरको सुँघ्ने क्षमता मानिसको भन्दा धेरै गुणा बढी संवेदनशील हुन्छ । त्यसैले कुकुरहरूले कतिपय रोग यो गुणमा कारण पत्ता लगाउन सक्षम हुन्छन् ।

मानिसले बिताइरहेको एकान्त जीवन र त्यसले पार्ने प्रत्यक्ष/अप्रत्यक्ष प्रभावबाट जोगिन कुकुरजस्ता घरपालुवाले ठूलै महत्व राख्छन् । तसर्थ हामीलाई स्वस्थ तथा खुसी राख्न घरपालुवाको ठूलो योगदान हुन्छ । स्वस्थ घरपालुवाले हाम्रो जीवनलाई स्वस्थ र खुसी पनि बनाउँछ । 

(पशुचिकित्सक यादव एडभान्स्ड पेट हस्पिटलमा आबद्ध छन्)

 

 Image