रोहिणी–गौरवको फिट जोडी
भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।
पछिल्लो समय बदलिँदो जीवनशैली र करिअरका कारण धेरैले ढिलो विवाह गर्ने ट्रेन्ड बढ्दो छ । धेरैले ३० वर्षको उमेरमा विवाह गर्ने गरेका छन् । तर, बेलायतमा एउटी महिला ३३ वर्षकै उमेरमा हजुरआमा बनेकी छन् । जेनी मेडलम तथा उनका पति रिचार्ड हालै हजुरआमा र हजुरबा बनेका हुन् । रिचार्ड ३४ वर्षका छन् । यी दम्पतीकी १६ वर्षीया छोरीले गत जूनमा बच्चा जन्माइन् । कम उमेरमै हजुरआमा बनेकी जेनीले सोसल मिडियामा निकै चर्चा पाएकी छिन् । नातिनी इस्लासँगको तस्बिर सोसल मिडियामा शेयर गरेसँगै यो दम्पतीले बेलायतकै सबैभन्दा कम उमेरका हजुरबा–हजुरआमा बनेर चर्चा बटुलेको छ । सानै उमेरमा नातिनी देख्न पाउँदा उनी खुसी छन् । बेलायती अखबार ‘द सन’ मा प्रकाशित समाचारअनुसार जेनी १७ वर्षमै आमा बनेकी थिइन् । छोरी चार्माइनले त जेनीलाई पनि पछाडि पार्दै १६ वर्षमै बच्चा पाइन् । छोरी गर्भवती भएको थाहा पाएपछि आफूले सम्झाइ बुझाइ गरेर निकै सहयोग गरेको उनले बताइन् । जेनी तीन छोरीकी आमा हुन् । जेठी छोरी चार्माइन १६ वर्षकी भइन् भने माइली छोरी चेल्सी १३ वर्ष र कान्छी स्कार्लेट १० वर्षकी भइन् ।