Successfully Copied

पार्टी मेकअप

चिल्लो छाला भएकाले पार्टी मेकअप गर्दा राम्रोसँग क्लिन्जिङ गरेर वाटरप्रुफ म्याट मेकअप गर्नुपर्छ 

पार्टी मात्रै भनेर हुँदैन । तपाईं कस्तो पार्टीमा जाँदै हुनुहुन्छ भन्ने कुरामा मेकअप निर्भर हुन्छ । अफिसियल, सेमिनार, बर्थडे, विवाह, व्रतबन्धसहितका पार्टीअनुसार मेकअप फरक–फरक हुन्छन् । किनभने पार्टी आयोजना हुने समय फरक–फरक हुनसक्छ । दिउँसो वा रातिसमयअनुसार मेकअप गर्ने तरिका फरक हुने हो । अफिसियल पार्टी वा मिटिङमा जाँदा ‘न्युड मेकअप’(सिम्पल मेकअप) गर्नुपर्छ । जुन राम्रो देखियोस् तर मेकअप नोटिस नहोस् । अन्य पार्टीहरूमा हल्का नोटिस हुने मेकअप गर्न सकिन्छ । आइस्याडोहरू आफ्नो ड्रेसअनुसार कोड गरी गर्न सकिन्छ अर्थात् बोल्ड आइ मेकअप गर्दा राम्रो हुन्छ । 

अमृत मरहठ्ठा, मेकअप आर्टिस्ट

उमेरअनुसार मेकअप फरक हुन्छ ? विवाहित महिलाको मेकअप र किशोरी–युवतीको मेकअप फरक हुन्छ ?

हो । उमेरअनुसार मेकअप फरक हुन्छ । किनभने उमेरअनुसार स्किन र स्किन टोन फरक हुन्छ । स्किन टोन फरक भएपछि मेकअप फरक हुने नै भयो । विवाहित र अविवाहितले गर्नेे मेकअप चाहिँ लगभग बेस एउटै–एउटै हुन्छ । तर, आइस्याडो र लिपिस्टिकहरूमा चाहिँ फरक नै हुन्छ । विवाहितमा समय एवं परिस्थितिअनुसार डार्क आइस्याडो लिपिस्टिकहरू परम्परागत रंगको प्रयोग गर्नुपर्ने हुन्छ । अविवाहित र किशोरीहरूमा यो अनिवार्य हुँदैन । 

रात्रि भोज वा रातिका कार्यक्रमहरूमा सहभागी हुँदा कस्तो मेकअप उचित हुन्छ ?

रात्रिकालीन भोजभतेरमा अलि डार्क कलर, बोल्ड कलरमा हाइलाइट थप्न सकिन्छ । मेकअप पनि अलिकति ब्राइट गर्नुपर्छ । साथै यसप्रकारको मेकअपमा सिमर हाइलाइटर प्रयोग गर्नसकिन्छ । लाइटको कारणले अलिक बढी नै मेकअप गर्दा पनि खासै फरक पर्दैन ।

दिउँसोको कार्यक्रममा कस्तो मेकअप गर्न सुझाव दिनुहुन्छ?

दिउँसोको कार्यक्रममा बेस मेकअप सकेसम्म कम गर्नुपर्छ । फेस टोन पनि पूर्णरूपले मिलाउनुपर्छ । आइस्याडो सकेसम्म ब्लेन्ड गरी हलुका बनाएर लगाउनुपर्छ । सिमर हाइलाइटर प्रयोग गर्नु हुँदैन । प्रयोग गर्नैपरे म्याट हाइलाइटर, ब्रन्जर प्रयोग गर्न सकिन्छ ।

जाडो सुरु भइसकेको छ । यस्तो अवस्थामा कस्तो मेकअप उचित होला ?

चिल्लो छाला भएकाहरूका लागि जाडो वरदान नै साबित हुन्छ । किनभने अनुहारमा तेल निस्किएर मेकअप बग्ने सम्भावना अत्यन्त न्यून हुन्छ । जाडोमा छाला सुख्खा हुने समस्या पनि हुन्छ । छाला सुख्खा हुँदा जाडोमा मेकअप गर्दा क्लिन्जिङ गरेर मोस्चराइजर प्रयोग गरेर मात्रै बेस मेकअप सुरु गर्नुपर्छ । कम्प्याक्ट अथवा लुज पाउडरको प्रयोग अत्यन्तै न्यून मात्रामा अर्थात् आवश्यकता परे मात्रै प्रयोग गर्नुपर्छ ।

कसरी मेकअप गर्दा बढी टिकाउ हुन्छ ?

चिल्लो छालाको समस्या भएकाहरूका लागि भने अनुहारलाई क्लिन्जिङ गरी प्राइमर लगाएर मेकअप गर्दा अलिक लामो समय टिक्छ । प्राइमर नभएको खण्डमा भने मलमल कपडामा स्प्रे गरेर पनि मेकअपलाई अलि बढीसम्म टिकाउन सकिन्छ । सकेसम्म सूर्यको किरणबाट जोगिनुपर्छ । 

पार्टीमा सहभागी हुँदा चिल्लो छाला भएकाले के कुरामा ध्यान दिनुपर्छ ?

चिल्लो छाला भएकाले पार्टी मेकअप गर्दा राम्रोसँग क्लिन्जिङ गरेर वाटरप्रुफ म्याट मेकअप गर्नुपर्छ 

भोजमा सहभागी हुँदा प्रायः नाच्ने र जमघटमा लामो समय रहने भएकाले मेकअप बिग्रने डर कत्तिको हुन्छ ?

पार्टी विशेष गरेर रातको समयमै बढी हुने भएकाले खासै त्यस्तो समस्या हुँदैन, मेकअप टिक्छ । तर पनि नाच्दा वा उफ्रिँदा पसिनाले मेकअप बग्ने सम्भावना हुन्छ । यसका लागि बजारमा वाटरप्रुफ मेकअप सिलरहरू पाइन्छन् । तिनको प्रयोग गर्न सकिन्छ । फाउन्डेसन भन्दापनि प्यानस्टिक प्रयोग गर्दा मेकअप लामो समय टिक्छ । मेकअप सिलर नभएमा मलमल कपडामा चिसो पानीले भिजाएर पनि मेकअप सिलरको काम गर्न सकिन्छ । 

ब्राइडल मेकअप कसरी गर्ने ?

ब्राइडल मेकअप गर्नुभन्दा पहिले एक/दुई दिनअगाडि फेसियल गर्नुपर्छ । विवाहको दिन मेकअप गर्नुअघि मनतातो पानीले मुख धोएर क्लिन्जिङ गरीचिसो पानीले पखाल्नुपर्छ । ब्राइडल मेकअप गर्ने दिनमा राम्रो कम्पनीको सनस्क्रिन क्रिम लगाउनुपर्छ । सनस्क्रिन लगाउँदा मोस्चराइजरसँग मिसाएर लगाउन सकिन्छ । त्यसपछि प्यानस्टिक वा फाउन्डेसन आफ्नो फेसटोनअनुसार प्रयोग गर्नुपर्छ । मोस्चराइजरसँग लगाउनाले छाला सुख्खा हुँदैन र मेकअप ड्राइस्क्याव जस्तो देखिँदैन । लिपिस्टिक लगाउनुअघि ओठमा र फाउन्डेसन अथवा प्यानस्टिकको बेस दिनुपर्छ । यसले लिपिस्टिकको कलर खुल्छ । लिपिस्टिक लगाउनुअघि लिपलाइनरले ओठको आकार बनाउनुपर्छ । त्यसभित्र लिपिस्टिक लगाउँदा राम्रो हो । यसरी तपाईंको लिपिस्टिक लामो समयसम्म टिक्छ । ओठमा चमक दिनका लागि लिपग्लसको पनि प्रयोग गर्न सकिन्छ ।

आइस्याडो लगाउँदापनि प्राइमर, प्यानस्टिक वा फाउन्डेसनको बेस दिएर अथवा आइस्याडो सिलरको प्रयोग गरेर आइस्याडो लगाउँदा लामो समयसम्म टिक्छ । 

त्यस्तै, आँखामुनि डार्क सर्कल छ र फाउन्डेसन प्रयोग गरेको अवस्थामा राम्रो कम्पनीको क्रिम कन्सिलर उपयोग गर्नुपर्छ । कन्सिलर सधैं औंलाले लगाउनुपर्छ । आइल्यासेस लगाउँदा ल्यासेस ग्लुपनि वाटरप्रुफ नै हुनुपर्छ, जसकारण आइल्यासेस निस्किँदैन । 

ब्राइडल मेकअपमा प्रयोग हुने मस्करा, आइलाइनर, ब्रस, फाउन्डेसन आदि सबै वाटरफ्रु हुनुपर्छ । अन्यथा आँसु र पसिनाले मेकअप बगेर लतपतिन सक्छ । ग्लिटर भएको अथवा धेरै चम्किने हाइलाइटर र ब्लसरहरूको प्रयोग गर्नु हुँदैन । मेकअपका क्रममा सधै गुणस्तरीय र मिनरलयुक्त सामान प्रयोग गर्दा छालासम्बन्धी समस्या आउँदैनन् ।

 Image