Successfully Copied

अनोभा स्किन एण्ड हेयर क्लिनिकमा नयाँ डिभाइस ‘भिभाची’ अनावरण

जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टी एजिङ र हेयर ट्रिटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ ।


जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टी एजिङ र हेयर ट्रिटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ । अनोभाले लामो समयदेखि छाला तथा केशसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कुपण्डोलको होटल हिमालयमा आयोजित समारोहमा नेपाली फिल्म क्षेत्रका लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका थिए । अभिनेत्री केकी तथा रेखाले समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा राखे । अर्की अभिनेत्री साम्राज्ञीले पनि आफू पनि उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको बताइन् ।


अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन निकै मेहनत परेको बताइन् । डा. श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रक्रियाद्वारा छाला तथा कपालको उपचार गर्ने प्रविधि हो । उनका अनुसार भिभाची एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुइ प्रयोग गरी छाला तथा केशको पुननिर्माण गरिन्छ । यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दागधब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ । उनका अनुसार यो प्रविधि छालाका विभिन्न समस्या सुधार गर्न प्रयोग गरिन्छ । यो प्रविधि एक्ने स्कारको लागि उत्कृष्ट डिभाइस हो । यसैगरी यसले छालाको पिग्मेन्टेशन र दाग हटाउने, अनुहारका दाग, स्ट्रेच मार्क्स र रंगलाई समेत सुधार गर्छ । छालको तेलियापन र पोर्स सानो बनाउँदै तेल नियन्त्रण गर्छ र कपालको रौका प्वाल साना बनाउँछ । भिभाची माइक्रो निडलिङ प्रविधिबाट गरिने उपचारमा दुखाइ कम हुनुका साथै छालामा उपचार गरेको केहि दिन भित्रै छालामा सुधार देखिन्छ र छिटो सामान्य अवस्थामा फर्किन्छ । डा.श्रेष्ठका अनुसार यो प्रविधि सबै प्रकारका छाला तथा केशका लागि उपयुक्त छ । यसले स्वस्थ, चम्किलो र जवान देखिने छाला पाउन मद्दत गर्ने छ ।

 Image