आरती पौडेल
क्लिन्जिङ मिल्कले अनुहारमा भएको फोहोर सफा गर्छ । छालामा भएको धूलो, फोहोर एवं मेकअप निकाल्न,अनुहारको बाहिरी भाग सफागर्न क्लिन्जिङ मिल्कको प्रयोग गरिन्छ । अहिले लिक्विड र क्रिमबेस दुवै प्रकारका क्लिन्जिङ मिल्क बजारमा पाउन सकिन्छ ।
क्लिन्जिङ मिल्कको प्रयोग गर्मीमा अझै धेरै आवश्यक पर्छ किनभने धूवाँ एवं धूलोले छालालाई असर गरिरहेको हुन्छ क्लिन्जिङ मिल्कको प्रयोगले छालाको फोहोर हटाउने काम गर्छ ।
कसरी प्रयोग गर्ने?
यसलाई अनुहारमा लगाएर ५–१० मिनेट हल्का मसाज गर्नुपर्छ । बेस्सरी मिच्नु हुँदैन र सफा कपडा वा कटनको सहायताले पुछ्नुपर्छ ।
क्लिन्जिङ मिल्कको प्रयोग टोनर,मोस्चराइजर र सनस्क्रिन लगाउन सकिन्छ । क्लिन्जिङ मिल्कले छालामा कुनै असर गर्दैन ।
कस्तो छालाका लागि उपयुक्त?
क्लिन्जिङ भनेको हाम्रो अनुहारको फोहोरलाई निकाल्ने वा सफा गर्ने मात्रहो । त्यसैले यो सबै प्रकारको छालाका लागि उपयुक्त हुन्छ । सुक्खा, चिल्लो तथा संवेदनशील छालाका लागि बजारमा फरक–फरक क्लिन्जिङ मिल्क पाउन सकिन्छ । आफ्नो छालाको प्रकार हेरेर यसको प्रयोग गर्नुपर्छ । क्लिन्जिङ मिल्कले छालामा कुनै असर गर्दैन ।
यसका फाइदा
छालामा भएको फोहोर एवं धूलो फाल्ने र छाला सफा गर्ने काम गर्छ ।
छालालाई सफा, सुन्दर बनाई चमक बढाउँछ ।
यसले छालाभित्रको लेयरको फोहोर निकाल्ने भएकाले यो छाला बचावटका लागि उपयुक्त हुन्छ ।
छालाको पोर्स सफा गर्छ ।
क्लिन्जिङ मिल्कको सहायताले मेकअप हटाउन सकिन्छ ।
क्लिन्जिङ मिल्क प्रयोगले एजिङ,स्किन ड्यामेज हुन दिँदैन ।
स्किनकेयरमा यसले ठूलो मद्दत गर्छ ।
कुन उमेरलाई उपयुक्त?
क्लिन्जिङ मिल्कले छालामा कुनै असर गर्दैन । त्यसैले यो १५ वर्षभन्दा माथि उमेरका महिला वा पुरुष दुवैका लागि उपयुक्त हुन्छ ।
कति लगाउने ?
चिल्लो छालाका लागि साताको दुईपटक क्लिन्जिङ मिल्कको प्रयोग आवश्यक छ, किनभने चिल्लो छालाको चिल्लो फाल्नको लागि यसले मद्दत गर्छ । अन्य छाला जस्तैः सुक्खा, संवेदनशील, कम्बिनेसन छालाका लागि साताको एकपल्ट गर्दा राम्रो हुन्छ । बजारमा धेरै प्रकारका क्लिन्जिङ मिल्क उपलब्ध छन्, आफ्नो छालाको प्रकार हेरेर प्रयोग गर्नुपर्छ ।
फेसवासले छालामा भएको फोहोर फाल्न मद्दत गर्छ । फेसवास विभिन्न प्रकारका हुन्छन् । छालाको समस्या, प्रकार र मौसमअनुसारका फेसवास बजारमा पाउन सकिन्छ ।
छाला संवेदनशील छ र जे लगाउँदा पनि रातो हुने,चिलाउने हुन्छ भने यसका लागि जेन्टल जेल क्लिन्जर प्रयोग गर्नु उपयुक्त हुन्छ । यसमा साबुन हुँदैन, जसले छाला सफा हुनुका साथै छाला सुख्खा र इरिटेड गराउँदैन ।
बजारमा धेरै प्रकारका क्लिन्जिङ बाम, फेसवास पाइन्छन्,जुन एकदमै माइल्ड हुन्छन् । धेरै मेकअप गर्नेको छालामा भएको मेकअप हटाउन पहिला क्लिन्जरले फेसवास गर्नुपर्छ । साधारण फेसवास दिनको दुईपटक बिहान र बेलुका प्रयोग गर्न सकिन्छ ।
सुक्खा छाला हुनेले मस्चराइजर मिसाएको फेसवास र हाइड्रेटिङ फेसवास प्रयोग गर्नुपर्दछ ।फेसवास छान्दा मौसम,छालाको प्रकार हेरेर छान्नुपर्छ, जसले छालालाई नरम बनाओस् ।
तैलीय छालाका लागिचिल्लो निकाल्ने फेसवास प्रयोग गर्नुपर्छ । यो हाम्रो छालाको चिल्लो निकाल्ने तर सुक्खा नबनाउने खालको हुनुपर्छ । स्यालेस्यालिक एसिड, टी ट्री ओयलले डन्डिफोर कम हुनुका साथै पोर्स रोक्ने काम गर्छ । कम्बिनेसन छालाका लागि दैनिक फेसवास प्रयोग गर्न सकिन्छ । संवेदनशील छालाका लागि पनि बजारमा विभिन्न प्रकारका फेसवास पाइन्छन् । क्लिन्जरले छालामा खराब असर भने गर्दैन ।
डा.सविना भट्टराई, डर्माटोलोजिस्ट
मानिसको छालामा भएका विभिन्न प्रकारका समस्या हेरेर फेसवास छान्न सकिन्छ । कसैको छालामा चायाँ–पोतो छ भने यसका लागि पनि छुट्टै फेसवास जस्तैः ग्लाइकोलिक एसिड, कोजिक एसिड र ह्वाइटनिङ मिश्रित फेसवास बजारमा पाइन्छन् । त्यसको प्रयोगले छाला सुरक्षित हुनुका साथै छालालाई चम्किलोर गोरो बनाउने काम पनि गर्छ । यद्यपि दिनको दुईपटक भन्दा धेरैफेसवास गर्नु हुँदैन ।
फेसवास छान्ने बेलामा आफ्नो छालाको प्रकार थाहा पाउनुपर्छ । नत्र छाला चिलाउने, रातो हुने, छाला पर्पराउने, घाउ आउने समस्याहुन सक्छन् । त्यसैलेछालाको प्रकार, मौसम र छालामा भएको समस्या हेरेर फेसवास छान्नुपर्छ । एलर्जी भएको छालालाई सकेसम्म साधारण पानीले मात्र मुख धुँदा राम्रो हुन्छ । मुख धुनै परे जेन्टल क्लिन्जर उपयुक्त हुन्छ । फेसवासको प्रयोगले छालामा पिम्पल्स आउँछ भन्ने गलत कुरा हो । फेसवासपछि गरिने स्किनकेयर प्रोडक्टले पिम्पल्स आउँछ ।
महँगो भन्दैमा राम्रो र सस्तो भन्दैमा नराम्रो भन्ने हुँदैन । जति धेरै माइल्ड छ, त्यति नै (पीएस) मेन्टेन गर्ने खालको भयो भने उपयुक्त हुन्छ । धूलो, धूवा र फोहोर हटाउन उपयुक्त फेसवास प्रयोग गर्नुपर्छ ।