कान्तिपुरकर्मी सीमा सम्मानित
कान्तिपुरकर्मी सीमा तामाङ सम्मानित भएकी छन् ।

‘नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ सम्पन्न भएको छ । गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको उक्त बहुप्रतीक्षित कार्यक्रमलाई कान्तिपुर मिडिया गु्रपअन्र्तगतको ‘रेडियो कान्तिपुर’ ले आयोजना गरेको हो । अवार्ड कार्यक्रममा युवा कलाकार दुर्गेश थापादेखि कुमः सागरको प्रस्तुतिसहितको कन्सर्टका कारण पनि यो तीव्र प्रतीक्षित बनेको थियो ।
नेपाली संगीत क्षेत्रका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गरियो । गायिका अस्मिता अधिकारी र सुरेश लामाले शम्भुजितलाई ‘यो जिन्दगीले’, ‘म त अब रिसाउँछु’, ‘सुनकोशी सुसेलेको’, ‘तिम्रो मन त चक्कु छुरी’ गाउँदै ‘ट्रिब्युट’ गरे । ‘एनएमए’ मा १४ विधामा अवार्ड वितरणसँगै रमाइला प्रस्तुतिसहितको कन्सर्टले हलमा उपस्थित हजारौं दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्यो ।
अवार्डतर्फ गायक आरसी रिमालले ‘उत्कृष्ट डेब्यु सिंगर’ को विधामा जित हासिल गरे । यो विधामा उनीसहित सुबोध ढकाल, सुवास सुन्दास, निरु बुढामगर, करण परियार मनोनयनमा परेका थिए । त्यस्तै, ‘उत्कृष्ट लोकदोहोरी गायिका’ को अवार्ड शान्ति श्री परियारले जितिन् । यो विधामा उनीसहित रीता थापामगर, अञ्जु विश्वकर्मा, पूर्णकला बिसी र देवी घर्ती मनोनीत थिए ।
त्यस्तै ‘उत्कृष्ट लोकदोहोरी गायक’ को अवार्ड भने गायक प्रकाश दूतराजलाई प्रदान गरियो । यो विधामा शिरिष देवकोटा, मौसम गुरुङ, खेम सेञ्चुरी र विश्व दोङ मनोनयनमा थिए । ‘उत्कृष्ट गीतकार’ को अवार्ड भने भूषण खरेलले जिते । यो विधामा उनीसहित डा. शम्भु जम्कटेल, डा. दामोदर रेग्मी, होमनाथ न्यौपाने र अविरल थापा मनोनीत थिए । ‘उत्कृष्ट आधुनिक गायिका’ को अवार्ड ‘ए जिन्दगी’ बोलको गीतबाट गायिका टीका प्रसाईंले जितिन् । यो विधामा उनीसँगै ‘अनायासै आँधी चल्यो’ बाट रचना रिमाल, ‘एकान्तमा आशु बनी’ बाट लबोनी चक्रवर्ती, ‘एउटा सानो घर होला’ बाट बबिना भट्टराई र समीक्षा अधिकारी ‘तिम्रो र मेरो संसार बेग्लै’ बाट मनोनयनमा परेका थिए ।
‘उत्कृष्ट आधुनिक गायक’ को अवार्ड गायक शिव परियार ‘चुपचाप’ बोलको गीतबाट जिते । यो विधामा उनीसित गायकहरू सत्यराज आचार्य, प्रवीन बेडवाल, विश्व नेपाली र शशि गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
‘उत्कृष्ट पाश्र्वगायक’ को अवार्ड भने ‘रुकुम मैकोट’ बाट एसडी योगीले जिते । यो विधामा योगीसँगै रोमन आचार्य, सनुप पौडेल, आशिष अविरल र निशान भट्टराई मनोनयनमा परेका थिए । ‘उत्कृष्ट पाश्र्वगायिका’ को अवार्ड समीक्षा अधिकारीले ‘बोक्सीको घर’ को गीत ‘बुझिन मैले’ बाट जितेकी छन् । ‘झ्यालको’ बाट झुमा लिम्बू, ‘राई माइला’ बाट सुनिता थेगिम, ‘रुकुम मैकोट’ बाट शान्ति श्री परियार र ‘सारी लगाइदेऊ’ बाट सलिना विक मनोनीत थिए । कार्यक्रममा सञ्जीव बराइली ‘उत्कृष्ट संगीतकार’ घोषित भए । ‘चुपचाप’ बोलको गीतबाट उनले यो विधामा अवार्ड जितेका हुन् । यो गीतले एनएमएमा दुई अवार्ड जित्यो । ‘उत्कृष्ट संगीतकार’ को विधामा सुनील मास्के, सुरज पण्डित, कृति न्यौपाने र बीबी अनुरागी मनोनयनमा परेका थिए ।
गायिका त्रिशला गुरुङ कार्यक्रममा ‘उत्कृष्ट पप गायिका’ घोषित भइन् । आस्था तामाङ मास्के, रचना दाहाल, समृद्धि राई र सज्जा चौलागाईं ‘उत्कृष्ट पप गायिका’ को विधामा उनीसित शीर्ष पाँचको मनोनयनमा परेका थिए । गायक सुशान्त केसीले ‘बार्दली’ बाट ‘उत्कृष्ट पप गायक’ को अवार्ड जिते । यो विधामा सुशान्तसँगै सुजन चापागाईं, सज्जनराज वैद्य, जोन चाम्लिङ राई र स्वप्न सुमन शीर्ष पाँचको मनोनयनमा परेका थिए । ‘बार्दली’ को प्रभाव भारतसम्म यसको हिन्दी रिमेकले पुर्याएको छ । यही गीतबाट सुशान्तले ‘पिपुल च्वाइस अवार्ड’ पनि जिते । यो विधामा ‘ए माई रे’ बाट ‘कुमः सागर एन्ड ख्वप ब्यान्ड’, ‘दुश्मन हेरेको हे¥यै’ बाट दुर्गेश थापा, ‘ढलेँढले’ बाट शान्ता रानी परियार, ‘रुकुम मैकोट’ बाट एसडी योगी र शान्तिश्री परियार मनोनयनमा परेका थिए । यो विधाको विजेता दर्शकको भोटले निर्धारण गरेको थियो । ‘कुमः सागर एन्ड ख्वप’ ब्यान्ड’ एनएमएमा ‘उत्कृष्ट ब्यान्ड’ घोषित भयो । ‘ए माइ रे’ गीतबाट ब्यान्ड यो विधामा मनोनयनमा परेका थिए । यो विधामा स्वर फिचरिङ जोन चाम्लिङ राईको ‘बादलसरी’, ‘रकहेड्स’ को ‘भावना’, अभया एण्ड दि स्टिभ इन्जिन्सको ‘सधैभरि’, ‘पूर्ण राई एन्ड दाजुभाइहरू’ को ‘स्पर्श संगीत’ बोलको गीत मनोनयनमा थियो । यो वर्षबाट थप गरेको ‘हिपहप, आर एन्ड बी’ विधामा ब्रिजेश श्रेष्ठले ‘मुटुमै बसेछ’ बोलको गीतबाट अवार्ड जिते । यो विधामा ¥यापर ओएमजी, भेक र जेम्सी, यावेश र बिजेन अनि दिमितृ मनोनयनमा परेका थिए ।
सुरुवातमै गायक स्वप्न सुमनले ब्यान्डसहित ‘उपहार’ र ‘राधा’ बोलको गीतमाथि प्रस्तुति दिएका थिए । कार्यक्रममा थुप्रै गायक÷गायिकाले गायन प्रस्तुति दिए । गायक पशुपति शर्माले ‘झोले त तै, झोले त मै’ बोलको गीतमाथि प्रस्तुति दिए ।
युवा गायक सुशान्त घिमिरे, वाङ्देन शेर्पा, सुशान्तलगायतले प्रस्तुति दिएका थिए । कार्यक्रममा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्यव्यंग्य प्रस्तुत गरे । सञ्चारकर्मी प्रकाश सुवेदी र गायक दुर्गेश थापाको अवतारमा यी दुईले उपस्थित दर्शक हँसाए । लाइभ प्रस्तुतिमै दर्शक नचाएका दुर्गेश थापा कार्यक्रममै ‘रेडबुल इनर्जेटिक पर्फमेन्स’ बाट दुर्गेश सम्मानित भए । कार्यक्रमको समापन भने ‘कुमः सागर एन्ड ख्वप’ ब्यान्डको प्रस्तुतिसँगै भयो ।