वन टन सुप
वन टनका लागि चिकेन किमा, मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन र मरिच राखेर मोल्ने । अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने । सानो आकारमा बेलेको मैदाको रोटीभित्र अघि तयार पारेको किमा (फिलिङ) राखेर ममः जस्तै डल्लो बनाउने ।

समिका रोका
सेफ, रेन जावलाखेल
सामग्री : प्राउन, प्याज, अदुवा, हरियो खुर्सानी, तेल, जिरा– धनिँयाको धूलो, हरियो प्याज, धनियाँ, खुर्सानीको धूलो, तेल, नुन ।
विधि : सबैभन्दा पहिले प्राउनलाई सफा गरी डिप फ्राइ गर्ने र जिरा–धनिँयाको धूलो राख्ने । त्यसपछि प्यान तताएर तेल राख्ने । अब काटेको प्याज फ्राइ गर्ने र माथि तयार पारेको सबै सामग्री हालेर सर्भ गर्ने ।