सिग्नेचर वार्ब्स
सामग्री : टोर्टिला ब्रेड, गार्लिक बटर, लेट्युस, गोलभेंडा, काँक्राको अचार, चीज, क्रन्ची चिकन विथ सस ।
सामग्री : सिंगो ट्राउट माछा २४० ग्राम, डल्लो च्याउ १० ग्राम, ब्रोकाउली २० ग्राम, काउली लावर २० ग्राम, गाजर २० ग्राम, घिउ सिमी १० ग्राम, नुन–मसला स्वादअनुसार ।
विधि : ट्राउट माछालाई मस्टर्ड पेस्ट, अदुवा लसुनको पेस्ट, धूलो मरिच, बटर सस, ओलिभ आयलमा स्वादअनुसार नुन राखी मोलेर तावामा ग्रिल्ड गर्ने । माथि उल्लेख गरिएका सबै भेजिटेबललाई बटरमा सोथे गर्ने र माथिबाट आधा चम्चा लेमन बटर सस टपिंग्स गरी सर्भ गर्ने । यो परिकार मुख्य खानाका रूपमा पनि खान सकिन्छ ।
- अमृत तामाङ
सेफ, माइ च्वाइस रेस्टुरेन्ट लैनचौर