Successfully Copied

मेकअप गल्तीले कुरूप

धेरै डार्क रंगको लिपिस्टिक लगाउँदा उमेरभन्दा ठूलो र परिपक्व देखिन्छ । त्यसैले लिपिस्टिक हल्का रंगको रोज्नुपर्छ ।

प्रायः आफैले मेकअप गर्दा गल्ती हुनु स्वाभाविक हो । कहिलेकाहीँ आइलाइनर लगाउँदा दुवै आँखामा समानता देखिँदैन । एकातिरको आँखामा बढी लाग्ने अर्कोतिर कम वा दलिने हुन सक्छ । अझ मेकअप आफै गर्दा त कहिल्यै ‘पर्फेक्ट’ हँदैन । कतिपयलाई त मेकअप गर्दा सुन्दर देखिन्छ भन्ने गलत सोच पनि छ तर मेकअप सही तरिकाले गर्न सकिएन भने कुरूप देखिने कुरा बिर्सनु हुँदैन । मेकअपका लागि केही टिप्सहरू :

- धेरै डार्क रंगको लिपिस्टिक लगाउँदा उमेरभन्दा ठूलो र परिपक्व देखिन्छ । त्यसैले लिपिस्टिक हल्का रंगको रोज्नुपर्छ । लिपग्लस लगाउन पनि सकिन्छ ।

- फाउन्डेसनको छनोट गर्दा धेरैले गल्ती गर्छन् । आफ्नो छालाको रंगअनुसारको फाउन्डेसन भएन भने पूरै लुक बिग्रन सक्छ । धेरैले आफ्नो छालाभन्दा हल्का फाउन्डेसन गर्नुपर्छ । त्यसैले आफ्नो छालामा मिल्ने फाउन्डेसनको छनोट गर्नुपर्छ ।

- कन्सिलरको प्रयोग धेरै गर्नुहुँदैन । धेरै प्रयोग गर्दा फाइन लाइन हाइलाइट हुन्छ । त्यसैले ठिक्क लगाउनुपर्छ ।

- आइब्रोलाई धेरै पातलो वा मोटो आकार दिनुहुँदैन । यसले उमेर बढी देखाउँछ । साथै अनुहार पनि भद्दा देखाउँछ । त्यसैले आइब्रो बनाउँदा धेरै रौं उखेल्नु हुँदैन र अनुहार सुहाउँदो सेप दिनुपर्छ ।

- डार्क आइपेन्सिलले आइब्रो कोर्नु हुँदैन । आइब्रोको रंगभन्दा गाढा भयो भने कृत्रिम देखिन्छ । त्यसकारण आफ्नो आइब्रोको रंगअनुसार पेन्सिल लगाउनुपर्छ ।

- सिमरी आई मेकअपलाई बेवास्ता नै गर्नुपर्छ । यसले परिपक्व लुक दिन्छ ।

- कालो आइलाइनरको सट्टा ब्राउन रंगको छनोट गर्नुपर्छ । कालोले उमेरभन्दा बढी परिपक्व लुक दिन्छ ।

- मेकअप गरिसकेपछि अन्त्यमा लुज पाउडरले फिनिसिङ गर्नु हुँदैन । कुनै ठाउँमा साइनिङ बढी भएको महसुस भएमात्र यसको प्रयोग गर्न सकिन्छ । नत्र नाक र चिउँडोको भागमा मात्र गर्नुपर्छ ।

- आइलाइनर लगाउँदा पातलो गरी लगाउनुपर्छ । कुनाको भागमा सानो र बाहिरको भागमा हल्का बाक्लो गर्दै लगाउनुपर्छ । मोटो आइलाइनरले आँखा भद्दा देखाउँछ । त्यस्तै लाइनर आँखाको माथिल्लो भागमा मात्र लगाउनुपर्छ । जसले आँखा ठूलो र आकर्षक देखाउँछ । तल्लो भागमा लाइनर नलगाउनु नै बेस हुन्छ । यसले आँखा सानो र डल लुक दिन्छ ।

 Image