Successfully Copied

नाचोस माचोस (मेक्सिन परिकार)

विधिः सबैभन्दा पहिले कर्न टोर्टटिला चिप्स तयार पार्ने । साल्साका लागि सिमी, जालापेनो, सावर क्रिमलाई फ्राइ गर्ने ।

सामग्री : कर्न टोर्टटिला चिप्स, मिक्स चीज, लसुन, प्याज, खुर्सानी, खुर्सानीको धूलो, जिराको धूलो, नुन, रेन्च बिन्ज, पिको दि गालो, जालापेनो, सावर क्रिम, सिमी, हरियो धनियाँ, गोलभेंडा ।

विधिः सबैभन्दा पहिले कर्न टोर्टटिला चिप्स तयार पार्ने । साल्साका लागि सिमी, जालापेनो, सावर क्रिमलाई फ्राइ गर्ने । साल्साको सामग्री सबै मिसाएर लेवरका लागि छुट्टै राखिदिने । ननस्टिक प्यानलाई तताउने त्यसमा तेल राखेर लसुन, प्याज र खुर्सानी फ्राइ गर्ने । नुन, खुर्सानीको धूलो, जिराको धूलो राखेर सिमी ५ मिनेटसम्म पकाउने र पाकेपछि यसलाई एकछिन सेलाउन दिने । एउटा प्लेटमाथि कर्न टोर्टटिला चिप्स राख्ने । त्यसमाथि माथि तयार पारेको सबै सामग्री राख्ने र गोलभेंडा, प्याज, स्वीट कर्न र चीज फैलाएर राख्ने । अब ओभनमा चीज मेल्ट भइन्जेल पकाउने । नाचोस माचोस खानका लागि तयार भयो ।

-  समिका रोका

सेफ, रेन जावलाखेल

 Image